टिप्स

ओठको आकार-प्रकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

ओठ मानिसको सुन्दरताको प्रतिरुप हो । यो नरम चलायमान तथा सम्वेदनशिल अङ्ग हो । ओठको आकार-प्रकार हेरेर मानिसको स्वभाव थाहा पाउन सकिन्छ । मनौवैज्ञानिकहरूको दावी अनुसार कुनै पनि मानिसको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण तथा विशेषता स्पष्ट झल्काएको हुन्छ ।

ज्योतिशास्त्रको एउटा शाखा समुन्द्र विज्ञानमा शरीरमा भएका चिन्हका आधारमा मानिसको भविष्यको विश्लेषण गरिन्छ । शरीरमा पाइएका यस्ता निशानाहरु हाम्रो भविष्य र चरित्रका बारे धेरै कुरामा बताउँछन् । कुनै पनि मानिसको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । ओठ आकार-प्रकार हेरेर मानिसको स्वभाव थाहा पाउन सकिन्छ ।

१. बढी फराकिलो ओठ

सामान्य स्थिति भन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

२. ठूलो ओठ

केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छिटो रिसाउछन् भने छिटो खुसी पनि हुन्छन् ।

३. संकुचित ओठ

ओठ जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

४. रशिलो ओठ

सामुद्रिक शास्त्रका अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मक भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर-परिवारमा मान-सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जान र जीवनमा कयौं उपलब्धिहरू हासिल गर्न सक्छन् ।

५. मोटो ओठ

जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर-गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।

६. भित्र बढी दबिएको ओठ

जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।

७. गुलाबी ओठ

यस्तो ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

८. कोठी भएको ओठ

यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

गुलाबी ओठ बनाउने ९ प्राकृतिक उपायहरु

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कपालवाट नै थाहा हुन्छ महिलाको स्वभाव

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!