स्वास्थ्य

सुत्ने पोजिसनबाटै थाहा हुन्छ मानिस कस्तो स्वभावको मान्छे ?

सुत्ने पोजिसनबाटै थाहा हुन्छ मानिस कस्तो स्वभावको मान्छे ? सुताइको पोजोसिनले हाम्रो स्वास्थ्यमा पनि प्रभाव पार्छ भने मानिसको स्वभावको मान्छे पनि थाहा पाउनु सकिन्छ । सुत्ने बानी मान्छे अनुसार फरक फरक हुन्छ । कोही उत्तानो परेर सुत्छन्, कोही घोप्टिएर । कोही खुम्चिएर त कोहि फैलिएर सुत्न रुचाउँछन् । वास्तवमा सुत्ने पोजिसनले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरको हुन्छ । राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ । त्यस्तै शारीरिक भाषाविज्ञ रोबर्ट फिप्सले पनि सुत्ने पोजिसनबाट व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण थाहा लाग्ने बताउँछन् । यसबाट तपाईंको दिन कति तनावपूर्ण थियो, तपाईं कति चिन्तित हुनुुहुन्थ्यो र जीवनमाथि तपाईंको कति नियन्त्रण छ भन्ने थाहा लाग्छ । तपाईं बयस्क हुनुहुन्छ, हाकिम पाराको हुनुहुन्छ र कल्पनाशील सपनामा रम्नुहुन्छ कि आफूलाई नै आलोचना गर्ने खालको हुनुहुन्छ भन्ने कुरा पनि सुताईको पोजिसनले खोल्छ ।

धेरैजसो मान्छे छातीमा घुँडा मारेर फिटल पोजिसन (गर्भमा बसेको बच्चा) मा सुत्छन् । चिन्ता लिने मान्छेहरूले यस्तो पोजिसनमा सुत्ने गरेका छन् । तनावपूर्ण दिनपछि आराममा पुगेको आभास पाउन मान्छे यसरी सुत्छन् । यसरी सुत्ने मान्छे बाहिर चाहिँ रफटफ देखिन्छन् भने भित्रभित्रै चाहिँ लजालु र संवेदनशील हुन्छन् । नयाँ मान्छेसँग खुल्न उनीहरू समय लगाउँछन् तर बिस्तारै उनीहरू सामाजिक हुन थाल्छन् । कोल्टे परेर सिधा खुट्टा अनि दुवै हात सिधा पारेर सुत्ने मान्छे समाजमा घुलमिल गर्न सक्ने खालका, सजिला र विश्वासी हुन्छन् । यिनीहरू कहिलेकाहीँ ठगीमा पर्न सक्छन् । यसलाई लग पोजिसन भनिन्छ । अर्काथरी मान्छे कोल्टे सुत्छन् तर दुवै हात अगाडितिर तन्काउँछन् । यसलाई यर्नर पोजिसन भनिन्छ । उनीहरू खुल्ला व्यक्तित्वका हुन्छन् तर कहिलेकाहीँ शंकालु व्यवहार देखाउँछन् । यिनीहरू ढिलो गरी निर्णय लिन्छन् र लिएको निर्णयमा अडिग रहन्छन् ।

अर्काथरी मान्छे ढाडलाई मुनि पारेर सिधा तन्केर सुत्छन् । उनीहरूको हात पनि सिधा तन्किएको हुन्छ । यसलाई सोल्जर पोजिसन भनिन्छ । यस्ता मान्छे अनुशासित हुन्छन् । आफू र अरूका लागि यिनीहरू उच्च अपेक्षा राख्छन् । शान्त र रिजर्भ्ड खाले हुन्छन् यिनीहरू । अर्काथरी मान्छे पेट थिचेर सुत्छन् भने यिनीहरूको टाउको एकातिर हुन्छ अनि दुवै हात सिरानी नजिकै हुन्छ । यसलाई फ्रीफल पोजिसन भनिन्छ । यस्ता मान्छे समाजमा घुलमिल गर्न सक्छन् र छुच्चा पनि हुन्छन् । भित्रभित्रै नर्भस हुन्छन् अनि आलोचनाप्रति संवेदनशील पनि हुन्छन् । अर्काथरी मान्छे ढाडलाई मुनि पारेर खुट्टा फट्याएर अनि हातलाई टाउकोनेर तन्काएर सुत्छन् । यसलाई स्टारफिस पोजिसन भनिन्छ । यस्ता मान्छेले साथीलाई महत्व दिन्छन् । आकर्षणको केन्द्र हुन यस्ता मान्छे मन पराउँदैनन्, बरू अरूको समस्या सुन्ने अनि दुःखमा परेकालाई सहयोग गर्ने खालका हुन्छन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् 

निद्रा लागेन भने यसो गर्नुस्

के तपाईलाई निद्रा लाग्दैन ?

निद्रा लाग्दैन ? सजिलै निदाउनको लागि के गर्ने के नगर्ने !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!