ज्योतिषशास्त्र

बुढी औलाले बताउँछ मानिसको स्वभाव

बुढी औलाले बताउँछ मानिसको स्वभाव ! हाम्रो शरिरको विभिन्न अंगहरुले हाम्रो सोच तथा बानीहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ । यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौ । कसैले यस्ता कुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकसित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ । त्यस्तै यहाँ एक भिडियोमा तपाईको बुढी औलाको आकार कस्तो छ । सो अनुसारको फल तथा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने कुराहरु बताइएको छ । हेर्नुहोस् तपाई पनि तपाईको औला अनुसार तपाईको स्वभाव कस्तो छ त।

१. सिधा बुढी औला

एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन् । यिनीहरु एकदम अनुसासनमा बस्छन् । यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ । यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन् । आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैनन् । देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैनन् । यदि कसैले मग्न आएमा अस्विकार पनि गर्दैनन् । काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनीहरुलाई पटक्कै मन पर्दैन । उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ । बच्चा पनि राम्रो हुन्छन् । तर आफन्त साथी भाईसंग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय: मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन । आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन् ।

२. अलिकति बांगो बुढी औला

यदि जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेको संग जानुहोस् । यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछन् । यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन । हरेक काममा सकरात्मक सोच लिन्छन । बैबाहिक जीवन एकदम सुखमय हुन्छन् । तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ । उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन । जीवनलाई गम्भीर रुपमा सोच्छन । नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ । तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन । एकदम दयालु हुन्छन । यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरुसंग मागेर भएपनि दिन तयार हुन्छन । आमा, बुबालाई एकदम माया गर्छन । घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन । यिनीहरुको जीवनमा पैसाको कमि हुदैन । जीवनको अन्तिम पल एकदम सुखमय हुन्छन ।

३. पुरै बाङ्गिएको बुढी औला

यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैनन् एकदम गाई जस्तै सोझ हुन्छन । जस्तोसुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन । यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन । यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ । ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ । यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

कसरी हाँस्ने व्यक्तिहरुको स्वभाव कस्तो

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!