वास्तुशास्त्रशास्त्र

तपाइँकाे घरमा यी ६ चीजहरु भएमा सधै हुनेछ सुख र समृद्धि

घरमा सुख-समृद्धि भई रहोस् भन्ने सबैको चाहना हुन्छ । त्यसका लागि शास्त्रमा केही उपाय पनि बताइएको छ । महाभारत कालमा युधिष्ठिरले श्रीकृष्णसँग घरमा सधैं सुख-समृद्धि भई राख्नलाई के गर्नुपर्छ भन्दै प्रश्न गरे । जवाफमा श्रीकृष्णले केही यस्ता चिज हुन्छन् जसलाई सधैं घरमा राख्नुपर्छ । जुन घरमा यस्ता चीज हुन्छन् त्यस्ता घरमा सधैं सुख र समृद्धि भइराख्छ ।

१. घ्यू

घरको मन्दिरमा गाईको घ्यूबाट दियो बाल्नुपर्छ । भगवानको प्रसाद गाईको घ्यूको उपयोग गर्दै बनाउनुपर्छ। गाईको दूधबाट बनेको घ्यू स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

२. शुद्ध पानी

हामीले आफ्नो घरमा पिउनका लागि शुद्ध पानी सधैं राख्नुपर्छ र घरमा जहिले पनि पाउना आउँदा सबैभन्दा पहिला चिसो पानी दिनुपर्छ । शुद्ध पानी राम्रो स्वास्थ्यका लागि निकै आवश्यक हुन्छ ।

३. मह

घरमा नकारात्मक उर्जा छ भने महको सकारात्मक उर्जाबाट नकारात्मक उर्जा हट्छ । महलाई कुनै सफा र सुरक्षित स्थानमा राख्नुपर्छ ।

४. चन्दन

चन्दनको तिलक लगाउँदा हाम्रो मनमा शान्ति हुन्छ । पूजा–पाठमा पनि यसको विशेष महत्व छ । यसको सुगन्धनले वातावरणमा नै सकारात्मक उर्जाको संचार हुन्छ ।

५. वीणा

विद्या, ज्ञान र बुद्धिकी देवी सरस्वतीको हातमा सधैं वीणा हुन्छ । यदि तपाइँ आफ्नो ज्ञान बढाउन चाहनुहुन्छ भने घरमा वीणा राख्नुपर्छ ।

६. बाँसुरी

जुन घरमा बाँसुरी राखिएको हुन्छ, त्यो घरमा प्रेम र शान्तिको बास हुन्छ । घरमा बाँसको बाँसुरी राख्नुपर्छ ।

यो पनि पढ्नुहोस् 

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

धन कमाउने ५ सरल उपायहरु

श्रीरामचरितमानसको अनुसार यस्ता ४ व्यक्तिसँग कहिलै धन टिक्दैन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!