मासु स्वास्थ्यका दृष्टिकोणले अनुपयुक्त

मासु प्रोटिनको स्रोत हो । शरीरलाई आवश्यक पोषकतत्वमध्ये मासुबाट प्राप्त हुने प्रोटिन पनि एक हो । यद्यपी मासुका अरु विकल्प छन् । दुधजन्य परिकार यसको सर्वोत्तम विकल्प हुन् । अहिले मासु खान हुँदैन वा मासु सेवन स्वास्थ्यका लागि फाइदाजनक छैन भन्ने कुराले विश्वव्यापी चर्चा पाएको छ ।
आज मासुकै कारण अनेकौं रोग मानिसलाई लागेको छ । मासु खानका लागि मानिसहरूले बली प्रथा लागु गरे भगवानले बलि मागेका थिएनन् तर भगवानको नाममा मानिसले बली दिएर मासु खान भगवानलाई बदनाम गरे यी सवै कलियुगका दानव हुन भन्दा खासै फरक पर्दैन । मासुको विकल्प हुदाँ हुदै पनि मानिसले मासुको सेवन गर्दछन् ।
यो पनि पढ्नुहोस्
मासु खानु अघि जान्नुपर्ने कुरा
दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु
मासु रोगको घर हो भन्दा खासै फरक पर्दैन । पशुलाई मासु बढाउन डिपो लगाउने चलन बढ्दो छ । पशुलाई डिपो लगाएर बढाएको मासुको सेवनले मानिसलाई कलेजो सम्बन्धि रोग, मुटु सम्बन्धि रोग, कोलेस्ट्रोल बढ्ने, सुगर रोग लाग्ने जस्ता समस्या आज नेपालमा दिन प्रतिदिन बढ्दैछ ।
Like & Follow us on Facebook
वोइलर कुखुराको मासुलाई सुरक्षित भन्दछन् तर सवैभन्दा बढी एन्टिवायोटिक औषधि खाएको वोइलरको मासुले मानिसलाई फाइदा होइन बेफाइदा भएको हुन सक्छ । वोसो भएको मासुले स्वास्थ्यमा फाइदा होइन बेफाइदा गर्दछ । आज जति पनि रोग बढी रहेको छ सवै यहि मासुको अनावश्यक प्रयोगले बढेको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।
