स्वास्थ्य

मानिसलाई ज्वरो कसरी आउँछ ?

ज्वरो मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो । ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । ज्वरो आउनु शरीर अस्वस्थ्य भएको जनाउनु हो । ज्वरो आउँदा मानव शरीरको ताप बढ्ने गर्दछ । दिनमा तापक्रम बढी हुन सक्छ भने बिहान र राति केही कम हुन्छ । व्यायाम गरेको समयमा पनि शरीरको तापक्रम बढी हुन्छ । त्यस्तै, महिलाको महिनावारीको समयमा तापक्रम बढी हुन सक्छ । तर, जेजस्तो भए पनि स्वस्थ मानिसमा औसतभन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।

९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई हाम्रो शरीरको सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई ज्वरो भनिन्छ । सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) भन्दा माथी शरीरको तापक्रम पुग्नु खतराजनक मानिन्छ । समय, स्थान र वातावरण अनुसार शरीरको तापक्रम पनि फरक हुन्छ ।

यो पनि पढ्नुहोस्

के हो टाइफाईड ज्वरो ?

कसरी आँउछ भाईरल ज्वरो ?

पानी र यसको महत्व

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

रगत परिक्षण किन गर्ने ?

मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम हरेक समयमा उस्तै बनाइराख्ने कोसिस गर्छ । मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ । सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउने गर्दछ । ज्वरो आउनु शरीरमा इन्फेक्सन भएको पहिचान हो । भाइरस ब्याक्टेरिया जस्ता सूक्ष्म कीटाणुको संक्रमणका कारण वा शरीरमा ठूलै चोटपटक लाग्दा ज्वरो आउँछ ।

हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्न थाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन । एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ ।

Like & Follow us on Facebook

यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन । यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ । शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!