चिकित्सा विज्ञान

यस्ता छन् ज्वरो आउने कारणहरु, जानी राखौ

ज्वरो मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो । ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । ज्वरो आउनु शरीर अस्वस्थ्य भएको जनाउनु हो । ज्वरो आउँदा मानव शरीरको ताप बढ्ने गर्दछ । दिनमा तापक्रम बढी हुन सक्छ भने बिहान र राति केही कम हुन्छ । व्यायाम गरेको समयमा पनि शरीरको तापक्रम बढी हुन्छ । त्यस्तै, महिलाको महिनावारीको समयमा तापक्रम बढी हुन सक्छ । तर, जेजस्तो भएपनि स्वस्थ मानिसमा औसत भन्दा दुई डिग्री फरेनहाइट मात्र बढी हुँदा फरक पर्दैन ।

९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइट बीचको तापक्रमलाई हाम्रो शरीरको सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई ज्वरो भनिन्छ । सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) भन्दा माथी शरीरको तापक्रम पुग्नु खतराजनक मानिन्छ । समय, स्थान र वातावरण अनुसार शरीरको तापक्रम पनि फरक हुन्छ ।

ज्वरो आउने कारणहरु

१. भाइरल नै ज्वरो देखिने मुख्य कारण हो । मन्डामिक एन्फ्लुएन्जा एचवानएनवान (स्वाइन फ्लु), हेपाटाइटिस, बर्डफ्लु, जिका, डेँगु, इबोलालगायत सबै खालका फ्लुहरुमा ज्वरो आउँछ । यस्तो अवस्थामा आएको ज्वरोका कारण पत्तन लगाएर उपचार गर्नुपर्छ । भाइरसका कारण पखला लाग्दा पनि ज्वरो आउने सम्भावना हुन्छ ।

२. ब्याक्टेरिया संक्रमणबाट हुने ज्वरोको दर उच्च छ । टिबी, टाएफाइट, ब्रोँकाइटिस,पिसाबको इन्फेक्सन, शरीरभित्र या बाहिर भएको घाउमा हुने ब्याक्टेरियल संक्रमणले पनि ज्वरो आउँछ । शरीरका भित्री अंगहर जस्ते–आउँ, टाइफाइडको ज्वरो, ठूलो आन्द एवं मलाशय सुन्निने या घाउ हुँदा, एपोन्डिसाइटिस हुँदा, मूत्रथैलीको संक्रमण, मूत्रमार्गको संक्रमण, मिर्गौलाको संक्रमणमा पनि ज्वरो आउँछ ।

३. कतिपय अंगमाहुने फंगल्स संक्रमणका कारण मानिसमा ज्वरो आइरहेको हुन्छ । जस्तै, फोक्सो या महिलाको पाठेघरमा हुने फंगल्स संक्रमणले ज्वरो आउँछ ।

४. प्रोटोजोअल संक्रमणका काण मलेरिया, कालाजार भएर पनि ज्वरो आउने गर्छ ।

५. दीर्घरोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ज्वरोको आक्रमण बढी हुन्छ । यस्ता व्यक्तिमा भाइरस, ब्याक्टेरिया, फंगल्स, प्रोटोजोआ सक्रिय हुन्छन् । यिनको सक्रियतासँगै ज्वरो आउने सम्भावना बढी हुन्छ ।

६. कतिपय रोगीले एन्टिबायोटिक सेवन गर्दा पनि ज्वरो आउँछ । छारेरोग तथा उच्च रक्तचापको ओषधि सेवन गर्ने व्यक्तिलाई ज्वरो आउने गर्छ । कतिपय बालबालिकामा नियमित खोप लगाउँदा पनि ज्वरो आउन सक्छ । ज्वरो आउनुको कारण पत्ता लगाएर मात्रे उपचार गर्नु बुद्धिमानी हुृन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

कलेजोमा बोसो बढ्नु र यसका लक्षणहरु

घरेलु औषधिबाट कलेजोको रोगको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!