खानपान

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जामुनको उपयोग खास गरी स्वादिष्ट फलको रूपमा प्रयोग गरेको पाइन्छ । जामुनाको फलको वैज्ञानिक नाम (Syzygium Cumini) हो । यो एउटा मानव स्वास्थ्यमा उपयोगी फल हो । यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इण्डोनेशिया आदिमा पाइन्छ । ठाउँ अनुसार यसको नाम पनि फरक-फरक पाइन्छ । चाहे जेहोस् ठोस नेपाली भाषामा यसलाई जामुन नामले प्रसिद्ध छ । प्रकृतिमा यो अम्लीय हुन्छ र स्वादमा मीठो हुन्छ । अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई नुनको साथ खाईन्छ ।

जामुनमा ग्लूकोज र फ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन् । फलमा खनिजको संख्या अधिक हुन्छ । अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ । एक मध्यम आकारको जामुन ३-४ कैलोरी दिन्छ । यस फलको बीजमा कार्बोहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिक पाइएको छ । जामुनको उपयोग सुगर नियन्त्रण गर्न ठूलो औषधि मानिएको छ । जामुनमा ग्लायसेमिक इंडेक्स पाइने भएकाले शुगर र स्टार्चलाई ऊर्चामा बदल्न ठूलो सहयोग गरेको हुन्छ । होम्योपैथीक कम्पनीले यसको औषधि बनाएर करोडौं रोगीलाई स्वस्थ बनाउन सफल भएको छ ।

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

१. जामुनमा आइरनको मात्रा बढी हुन्छ । जामुन एउटा रक्तशोधक ब्लड प्युरीफायर पनि हो ।

२. जामुनमा भिटामिन ए र सीको मात्रा बढी हुन्छ । छाला सम्बन्धित रोगमा राम्रो फाइदा गर्दछ ।

३. जामुनमा भिटामिन ए को स्रोत राम्रो भएकाले आँखाको रोगमा समेत उपयोगी छ ।

४. जामुनको फलको थुप्रै फाइदाहरू छन् । जामुनको रसको सेवन गर्दा रगतको कमि, दमको रोगमा समेत राम्रो फाइदा गर्दछ ।

५. जामुनको फललाई चूर्ण बनाएर मिश्री मिलाएर नित्य सेवन गर्नाले कमजोरी हटाउदछ ।

६. मधुमेहका रोगीले दैनिक १५० ग्राम जति जामुन खानाले मधुमेह ठिक हुन्छ । होम्योपैथीकले सीजीजीयम जेम्बोलिनम मदर टिंचर तयार गरेको छ । यो औषधिले सुगरका रोगीलाई धेरै फाइदा गर्दछ ।

जामुन के मा नखाने ?

१. अप्रेसन गरेको विरामीलाई जामुन दिनु हुदैन किनभने यस्लेयसले ब्लड शुगरको लेवल घटाउन सक्छ ।

२. जामुन हमेसा खानापछि खाने खाली पेटमा नखाने नोक्सान गर्दछ । जामुन खाएको एक घण्टा पहिले दूधको सेवन नगर्नु ठिक हुनेछ ।

३. जामुन हमेसा सिधेनुन या बिरेनुन राखेर खानुपर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि भईकटहर खानुका फाइदाहरू

आरुवखडा खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!