लेखहरुस्वास्थ्य

स्वास्थ्यमा लापरबाही यस्तो छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नेपालीले आम्दानीको ७५% खानामा खर्च गर्छन्, खाना भन्नाले माछा मासुमा बढी खर्च हुने गरेको पाइएको छ । पशुको मासु खानेहरू नै बढी रोगको दलदलमा फसेको देखिन्छ । स्वास्थ्यको दृष्टिकोणले शाकाहारी भन्दा मासाहारीमा बढी रोग भेटिएको छ ।

रोगको जड खानपिनलाई प्रमुख मानिएको छ । जतिपनि रोग बढेको छ यो सवै दु:खित खानाको कारणले बढेको छ । प्राकृतिक चिकित्सामा मासाहारीको तुलनामा शाकाहारीको आयु बढी हुने गरेको पाइन्छ । जन्म र मृत्यु कसैको बसमा छैन तर जन्मलाई सार्थक मान्दै प्रकृतिको नियम पालना गर्न सके ठूलो उपलब्धि हासिल गर्न सकिने देखिन्छ ।

आज मानिसहरू स्वार्थमा चुर्लुम्म डुवेको अवस्था छ । मासु बढाउन सुई लगाउने, दुध बढाउन सुई लगाउने फल-फुलमा साग-सब्जीमा विषादी प्रयोग गर्नाले दैनिक मानिस रोगको दलदलमा फस्दै गएको छ । स्वास्थ्य खराब हुनुमा अनावश्यक औषधिलाई पनि मान्न सकिन्छ ।

रोगको उत्पत्ती हुनुमा स्वास्थ्यमा लापरबाही प्रमुख देखिन्छ । व्याम गर्ने प्रात खुला हावाको सेवन गर्ने कम्तीमा १ घण्टा प्रात घुम्ने गर्नाले स्वास्थ्य लाभ हुनेछ । परिवार असन्तुष्ट हुनुको प्रमुख कारण फिजुल खर्च प्रमुख देखिएको छ । होटल होटल चाहर्ने जो कोही रोगको दलदलमा पुग्न सक्छ ।

आज हत्या-हिँसा बलात्कार जस्ता क्रियाकलाप अत्यधिक हुनुमा होटल बढी जिम्मेवारी हुने गरेको एक अध्ययनले देखाएको छ । होटल जिम्मेवारी भन्नुको अर्थ हो अल्कोहल वियर रक्सी सिमा भन्दा बढी ग्राहकलाई दिनु कुनै पनि बस्तुको सिमा हुन्छ । जब सिमा कट्छ त्यहा दुर्घटना घट्छ ।

अधिकांश नेपालीको जमिन छ तर जमिनको उपयोग हुन सकेको छैन । जमिन नहुनेले घरको छतमा पनि तरकारी उत्पादन गर्न सकिन्छ । अल्छीपन नै रोगको घर हो हरेक मानिस ४,६ घण्टा स्वास्थ्यका लागि मेहनत गर्छ भने उस्लाई कुनै पनि रोग नलाग्ने देखिएको छ ।

आज बस-ट्रक साना ठूला सवारी दुर्घटना हुनुमा रक्सी बढी जिम्मेवारी भएको ट्राफिक प्रहरीको भनाई सुन्दा सरकारले यसतर्फ चासो नदेखाएको भन्ने कुरा आयको छ । यदि साना ठूला सबैलाई समान कानुन लगाउन सके यस्तो क्रियाकलाप घट्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

रोगको प्रमुख कारण स्वयं मानिस हो

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!