राष्ट्रिय समाचार

आयुर्वेदको विकास र जडीबुटीको संरक्षण आवश्यक : मन्त्री भण्डारी

 

काठमाडौँ, पौष ६, २०७३ । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले नेपाल सरकार आयुर्वेदको विकास र जडीबुटीको संरक्षण गर्न लागिपरेको बताउनुभयो । हिमालयन आयुर्वेद चिकित्सा महाविद्यालयको छैंटौं वार्षिक उत्सवका अवसरमा मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् ।  सरकार आयुर्वेदिक औषधि निर्माणको प्रमुख स्रोत जडीबुटीको खेती, संरक्षण लगायतका काममा नयाँ नीति एवं कार्यक्रमको साथमा अघि बढिरहेको उहाँको भनाई छ ।

विश्वमै सबैभन्दा पुरानो आयुर्वेदिक औषधि कम्पनी नेपालमा रहेको तर त्यो धारासाही हुँदै गएकोमा मन्त्रीले चिन्ता व्यक्त गर्नु भयो ।आयुर्वेदको महत्त्व विश्वव्यापी रुपमा अघि बढ्दै जानुका नेपालमा विश्वमै अन्यत्र नपाइने जडीबुटी पाइन्छ । मन्त्री भण्डारीले भने,‘हामीले आफूसँग भएका साधनस्रोतको विकास र सदुपयोग गर्न सकेनौ भने अझै पछि पछौ । तसर्थ स्वास्थ्यको क्षेत्रमा कुरा गर्नुपर्दा आयुर्वेदको विकास नेपालको लागि अपरिहार्य छ ।’

नेपालको जडीबुटीको महत्त्व अन्यत्रको भन्दा बढी भएकोले सरकारले गम्भीरताको साथमा मनन् गरिरहेको उहाँको भनाई छ । कार्यक्रममा सिटिभिटीका ढकालले आयुर्वेदको जानकारीमूलक प्रचार–प्रसार आवश्यक भएको बताए ।  महाविद्यालयका अध्यक्ष डा. रत्नकमल वैद्यले आयुर्वेदको क्षेत्रबाट असली रुपमा हिमालयको आयुर्वेदको सन्देश र शिक्षा आफूहरुले विश्वलाई दिन खोजिरहेको धारणा राखे । सरकारले स्वदेशी आयुर्वेदलाई विशेष महत्त्व एवं बढावा दिनुपर्ने उहाँले बताउनुभयो ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!