आयुर्वेद

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

घिउकुमारीलाई औषधिको राजा मानिन्छ । वहुगुणी भएकाले थुप्रै रोगमा यसलाई प्रयोग गर्न सकिन्छ । यो लगाउन सजिलो छ । यसलाई गमलामा लगाएर पनि फाइदा लिन सकिन्छ । घिउकुमारी (एलोभेरा) को थुप्रै औषधि आयुर्वेदिक कम्पनीले बनाई सकेको छ । यो भन्दा पहिले पनि घिउकुमारीको बारेमा प्रकाश पारी सकेको छु ।

यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचन प्रक्रियामा गुणकारी मानिन्छ । औषधिको दुनियाँमा यसलाइ सन्जीवनी पनि भनिन्छ । यसबाट अल्सर, अम्लपित्त, रक्तशोधक तथा पाचन प्रक्रियामा गुणकारी मानिन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ ।

घिउकुमारीमा १८ खनिज, १५ एमिनो एसिड र १२ भिटामिन पाइन्छ, जसले रगतको कमीलाई पूर्ति गर्छ र रोगप्रतिरोधक क्षमता बढाउछ । हाम्रो स्वास्थ्यलाई चाहिने थुप्रै औषधिए गुण यसमा छ । स्वास्थ्य कै कुरा गर्नुपर्दा विदेशीहरू जडिबुटी बढी प्रयोग गरेर स्वास्थ्य लाभ लिन्छन् भने नेपालीहरू विदेशीले बनाएर पठाएको औषधि सेवन गराएर रमाएको अवस्था छ ।

घिउकुमारीबाट निको हुने १० प्रकारका रोगहरू

१. छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।

२. यसले सुगर नियन्त्रण गर्छ ।

३. घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गर्न सकिन्छ ।

४. घिउकुमारीले कपाललाई सुन्दर बनाउने मात्र होइन, जरैदेखि मजबूत बनाउँछ । यसले कपाल झर्न दिदैंन ।

५. घिउकुमारीको जुसलाई तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।

६. घिउकुमारीको जुस पिउनाले कब्जियत हटाउन ठूलो मदत्त गर्दछ ।

७. घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।

८. यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग एवम पेटको विकार भगाउछ ।

९. घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।

१०. कपालका लागि वरदान हो घिउकुमारी ।

नोट : कुनै पनि औषधि सेवन गर्दा वैद्यको रेखदेख र परामर्शमा लिने गर्नु पर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि जामुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि भईकटहर खानुका फाइदाहरू

आरुवखडा खानुका फाइदाहरु

काँचो केरा खानुका फाइदाहरु

सरिफा खानुका फाइदाहरु

निगुरो खानुका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!