मुख्य समाचारविज्ञानसमाचार

रिकास्टमा बैज्ञानिक लेखन प्रशिक्षण कार्यशाला शुरु

असार ७, काठमाडौं । आज असार ७ गतेदेखि असार ११ गते ५ दिनसम्म किर्तिपुरस्थित रिकास्टमा बैज्ञानिक लेखन प्रशिक्षण कार्यशाला शुरु भएको छ । रिकास्टका कार्यकारी निर्देशक प्रा. डा. रामेश्वर अधिकारीका अनुसार उक्त कार्यशालावाट सवै सहभागीलाई बैज्ञानीक लेखनमा ठुलो कोशेढुङ्गा सावित हुने बताउनुभयो । पहिलो दिन दिउसो १२ बजे उदघाटन भई शुरु भएको कार्यशला भने दोस्रो दिनदेखि १० बजेदेखि शुरु हुनेछ ।

रिकास्टले आयोजना गरेको ५ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यशाला विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको हो । उक्त प्रशिक्षण कार्यशालामा करिब ५० जना अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् ।

उक्त प्रशिक्षण कार्यशालाको शुरुको दिन भौतिकशास्त्र केन्द्रिय बिभागका प्रमुख प्रा. डा. बिनिल अर्यालले बैज्ञानीक प्रणाली, बैज्ञानीक शिक्षा र बैज्ञानीक संस्कृतिको बारेमा आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो भने रसायनशास्त्रका प्रा. डा. मोतिलाल शर्माले उक्त प्रशिक्षण कार्यशालाको बारेमा मध्यमार्गी अन्तर्कृया गर्नु भएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!