राष्ट्रिय समाचारसमाचार

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सूचना

सूचना ! सूचना !! सूचना !!!

१. काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको उपभोक्ता महानुभावहरुमा अनुरोध !!

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जारी गरिएको टैंकर सेवा संचालन सम्बन्धि निर्देशिका, २०७३ अनुसार टैंकरबाट वितरण गरिने पानीलाई देहाय बमोजिमको प्रयोजनमा वर्गिकरण गरि स्टिकर टास्नु पर्ने व्यवस्था गरिएको छ ।

(क) पिउन योग्य पानी (नीलो रङ्गको स्टिकर) : राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ बमोजिमका मापदण्ड पुरा

भएको पानी ।

(ख) घरायसी प्रयोजनको पानी (हरियो रङ्गको स्टिकर) : सामान्य घरेलु प्रशोधन गरेर अथवा उमालेर पिउन मिल्ने पानी ।

(ग) पिउन बाहेक अन्य प्रयोजनको पानी (पहेलो रङ्गको स्टिकर) : पिउन, खाना पकाउन र भान्साको प्रयोग बाहेक अन्य

सरसफाइ तथा घर निर्माण लगायतका कार्यमा प्रयोग गर्न मिल्ने पानी ।

२. टैंकर सेवा संचालकहरुलाई सूचना !!

टैंकर सेवा संचालकहरुले काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट अनिवार्य रुपमा अनुुमती पत्र लिएर मात्र सेवा संचालन गर्नुपर्ने व्यवस्था भएको हुंदा अनुमति पत्र लिन बाँकी टैंकर व्यवसायीहरुले आवश्यक प्रक्रिया पुरा गरी अनुमती पत्रका लागि वोर्डमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।

काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्ड

थापाथली, काठमाडौं

फोन नं. : ०१-४१००६१०/४१००६११

वेभसाइट : http://www.kvwsmb.org.np

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!