मुख्य समाचारविज्ञानसमाचार

बाजुरा जिल्ला केन्द्रविन्दु भएर ठुलो भूकम्पको धक्का

२२ जेठ, कैलाली । नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने अझसम्म आएको छैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!