आयुर्वेद

हेरेको भरमा ज्वरो निको हुने जडिबुटी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हेरेको भरमा ज्वरो उत्रन्छ भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्छ । आउनुस आज अनौठो जडिबुटीबारे चर्चा गरौं । नेपाली भु-भागमा छोएर हेरेर रोग निको हुने बुटि छन् तर हामीले यसतर्फ ध्यान दिन सकि रहेका छैनौं । विगत लामो समयदेखि मैले यस्ता जडिबुटीबाट निशुल्क उपचार गर्दै आएको छु ।

एकदिन विराएर आउने ज्वरोमा रातो खुर्सानी ३ वटा राम्रोसंग पिस्नुहोस् र अनामिका अगुलामा लगाएर मलमलको कपडाले बाँधेर पानीमा डुबाएर बस्नुहोस् केहि समय हृदयको धडकन बढेपनि नआतिईकन बसेमा आउने छोड्ने ज्वरो निको हुन्छ । यो प्रयोग ज्वरो आउनुभन्दा पुर्ब गर्नुपर्छ । न खानुको झन्झट नत साइडइफेक्ट हुने डर ।

आजको लेखमा हेरेर ज्वरो निको हुने जडिबुटीबारे प्रकाश पार्ने क्रममा यस्ता जडिबुटीमाथि हामीले रिसर्च गरेर सत्य तथ्य जानकारी प्राप्त गरेर नागरिकलाई उपचार गराउन सके ठूलो खर्च हुने झण्झटबाट समेत मानिस बच्न सक्छ ।

यस्ता जडिबुटीको बारेमा लेख्न थाल्ने हो भने एउटा ठूलो ग्रन्थ नै बन्न सक्छ । हामीले सानो परिश्रम गरेर ठूलो फाइदा लुट्न सक्छौं तर हाम्रो ध्यान यसतर्फ छैन । यस्ता जडिबुटी जानकार व्यक्तिको खाँचो नेपाललाई छ तर यहाँ कसैको ध्यान पुग्न सकिरहेको छैन ।

आउनुस आज पुर्ब नै भनि सकेको छु हेरेर ज्वरो निको हुने जडिबुटीबारे यहाँ पस्कन लागेको छु । पत्थर चट्टा अजम्मरी यो कतिपय घरहरुमा गमलामा रोपेको देख्न सक्नुहुन्छ । यो जडिबुटीको पात ल्याउनुहोस् र पिस्नुहोस् रस निकाली सकेपछि माटाको भाडामा राखरे ६ फुटको दुरीमा राखेर एक घण्टा हेर्न लगाउनुस हेर्दा अनेत्र ध्यान नदिनुहोला क्रमश: ज्वरो उत्रदै जानेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अनिन्द्राको अचूक औषधि मन्त्रद्वारा लाग्नेछ गहिरो निन्द्रा

मासिक स्राव बढी भएमा धनिया र पुदिना हुन् अचूक औषधी

तुराको तान्त्रीक उपचारबाट यसरी रोक्न सकिन्छ असमयमा हुने गर्भपतन

श्वास गन्हाउने समस्या र यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!