घरेलु उपचार

हैजाको उपचारमा ल्वाङको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हैजाको औषधि ल्वाङ भन्दा कतिपयले विश्वास नगर्नुहोला तर यो अनुभव सिद्ध महाऔषधि हो भन्दा खासै फरक छैन । आउनुस् आज मैले हैजाको सामान्य औषधिबाट यो रोग कसरी निको बनाउन सकिन्छ भन्नेबारे प्रकाश पार्नेछु ।

समय परिवर्तन भएको छ । पहिले हैजाका बिरामी धेरै हुने गर्दथे तर अहिले त्यस्तो छैन, भएपनि हाई सोसाईटिमा नभएर कमजोर वर्गमा यो बिमारी देखिएको छ । यो रोग लागेको अवस्थामा यो औषधिले राम्रो फाइदा हुन सक्ने वैद्यहरूको राय छ ।

आज हामीले हैजाको औषधि ल्वाङलाई फुड पोइजीनको केसमा पनि प्रयोग गर्न सक्छौं । यो रोग पनि हैजा जस्तै हो । हिजो फोहर खानाको कारणले गर्दा हैजा हुने गर्थ्यो भने आज बासी खानाले फुड पोइजन हुने गरेको पाइन्छ ।

ल्वाङलाई हामीले मसलाको रूपमा प्रयोग गर्दै आएका छौं । ल्वाङको प्रयोग भान्सामा हुदै गरेको छ । औषधि सामान्य भएतापनि कहिले काही यस्ले ठुल्ठूला रोग निको बनाउन सक्छ भनेको छ । आउनुस ल्वाङबाट औषधि बनाउने तरिका सिकौं ।

ल्वाङ नचिन्ने शायद को होला ? ल्वाङलाई बजारबाट घरमा राख्नुहोस् भन्ने हाम्रो राय छ । थोरै ल्वाङ ३ ग्राम लिएर ३ लिटर पानीमा उमाल्नु होस् र पाक्दा पाक्दा आधा रहेपछि छानेर बोतलमा भरेर राख्नुहोस् ।

बनाउने तरिका सिक्नुस

मात्रा : पानी जस्तै थोरै-थोरै खान दिनुस । दिसा पखला बान्ता क्रमश: ठिक हुदै जान थाल्दछ । यो रोगमा पखला रोक्ने औषधि दिनुको सट्टा यो औषधि दिनुस भन्ने हाम्रो राय छ ।

नोट: हैजा होस् या फुडपोइजन किन नहोस् यो उपचार बाट निको हुन्छ तर ठिक नभएको अवस्थामा ड्रिप दिनुपर्ने हुन सक्छ । यस्ता रोग देखिएको अवस्थामा डाक्टरको परामर्श लिएर उपचार गर्नुपर्ने छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

चायाँबाट बच्ने उपाय र यसको घरेलु उपचार

कपाल झर्ने समस्याको घरेलु उपचार

फिटकरीद्वारा आँखाको घरेलु उपचार

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!