आयुर्वेद

टुटेको हड्डी जोड्न प्रयोग हुने औषधी सिम्फाइटम (Symphytum) – कॉम्फ्रे-निटबोन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सिम्फाइटम (Symphytum) एउटा यस्तो जडिबुटी हो जसको साहेताबाट टुटेको हड्डी जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । होम्योपैथीकले यस्ता अनेकौं जडिबुटीबाट मदर टिंचर तयार गरेर मानव स्वास्थ्यमा ठूलो उपलब्धि हासिल गरेको छ ।

सिम्फाइटम (Symphytum) मदर टिंचरबाट जस्तोसुकै टुटेको हड्डी मात्र जोड्न होइन यसले पेटमा आन्द्रामा लागेको चोट समेतलाई फाइदा गर्दछ । लामो समयसम्म टाउको दुख्ने समस्या, पेट दुख्ने समस्यामा समेत फाइदा गर्दछ ।

नेपालमा यस्ता जडिबुटी कहि कतै भए हामीले प्रयोगमा ल्याउन सक्ने देखिन्छ । कतिपय चोटपटकमा प्रयोग हुने क्यालसियमले पत्थरी जम्ने जस्ता समस्या उत्पन्न हुने गर्दछ तर यो औषधिको प्रयोगले कुनै साइड इफेक्ट विना हड्डी जोड्न मदत्त गर्दछ ।

यो औषधि खान र लगाउन दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ । यस्ता औषधिको कुनै पनि साइड इफेक्ट नहुनाले पब्लिकलाई यो जस्ता औषधि चलाएर अर्थ व्यवस्थामा सुधार ल्याउन सकिन्छ । पब्लिक विमारी नभए अर्थ बाहिर जानबाट रोकिन सक्छ ।

देश कमजोर हुनुमा नागरिकको विमारी हुनु पनि एक हो । आज स्वदेशी उत्पादन नभई विदेशी उत्पादनमा निर्भर रहेको अवस्थामा अनावश्यक औषधिको खपत नेपालमा बढेको छ । नेपाली जडिबुटी प्रयोगमा आउन सके केहि राहत हुने देखिन्छ ।

हामीले एउटा कुरा हमेसा याद राख्नुपर्छ । पब्लिक विमारी हुनु या शिक्षाको गुणस्तर कमजोर भएर विद्यार्थी बाहिर पढ्न जानु दुवै राष्ट्रहितमा ठिक छैन यसले नेपालको अर्थतन्त्रमा ठूलो असर हुन सक्छ । आज नेपालमा केही उत्पादन छैन यसले पनि देशलाई ह्रासतर्फ उन्मुख गरेको छ ।

देश सम्वृद्धि हुनको लागी देशमै उद्योग स्थापना गरेर जनतालाई प्रयोगमा ल्याउने वातारण तयार हुन सकेमात्र देशको स्तर उन्नति सम्भव छ । आज कमजोर मानसिकतामा सिङ्गो नेपाली जनता लागेको छ । उत्पादनमुखी नभई ह्रासमुखी काममा नेतृत्व लागेको छ ।

उद्योग स्थापनातर्फ भन्दा हात बढाउन ऋण लिएर नागरिकलाई ऋणको दलदलमा फसाउन चाहन्छ । आज हरेक नेपालीले केहि उत्पादन गरेमा बजार पाइ राखेको हुदैन सरकारमा बस्नेहरू केवल आफ्नो पेट भर्न मात्र लागेको देखिन्छ । अब हामीले बिकास किन हुन सकेन यसका लागि के आवश्यक छ भन्नेतर्फ सबैको ध्यान पुग्न सके बल्ल परिवर्तन सम्भव छ ।

नोट : यो औषधि होम्योपैथीक डाक्टरको रेखदेखमा चलाएर राम्रो फाइदा उठाउन सकिनेछ । यो औषधि सेवन गर्नुपुर्ब होम्योपैथीक डाक्टरको परामर्श लिएर मात्र चलाउनु हुनेछ वा अनुभवी व्यक्तिको रेखदेखमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

गुडूची (Tinospora Cordifolia) को फाइदाहरु

सांग्लो (Blatta Orientalist ) को विषयमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!