विज्ञान जिज्ञासा

मानिसले ४० वर्ष पुगेपछि किन धमिलो देख्न थाल्छन ?

प्राय : ४० वर्ष पुगेपछि आँखाको दृष्टिशक्ति क्रमश: घट्दै जान्छ । नेपाली समाजमा चालिस नाघेका मानिसहरुले मलाई चालिसे लग्यो पनि भन्छन । कुनै पनि वस्तु सफासँग देख्नका लागि त्यसको आकृति आँखाको पर्दामा पर्नुपर्छ । आँखाको पर्दामा आकृति बनाउनमा आँखाको बाहिरी पारदर्शक् भाग कोर्निया  र आँखाभित्रको लेन्सको मुख्य भूमिका हुन्छ । भिन्दाभिन्दै दूरीका वस्तुकोक आकृति पर्दामा आउन आँखाको लेन्सको शक्ति फरक चाहिन्छ । कोर्नियाको शक्ति उही हुन्छ । तर, आँखाको लेन्स भने क्यामराको जूम जस्तो शक्ति बदलिरहन्छ ताकि सबै दूरीका वस्तु सफा देखिऊन् । यस क्रममा लेन्स तन्कने र खुम्चने गर्दछ । लेन्स तन्कँदा शक्ति घट्छ र टाढाको वस्तु सफा देखिन्छ भने लेन्स खुम्चँदा शक्ति बढ्छ र नजिकको वस्तु सफा देखिन्छ ।

लेन्सको खुम्चने र तन्कने क्रिया शिशु अवस्थामामा निकै बढी हुन्छ र उमेरअनुसार जाँदा घट्दै जान्छ । मानिस करिब ४० वर्ष पुग्दा आँखाको लेन्स तन्कने र खुम्चने क्षमतामा कमी आउँछ । त्यसले आँखाको शक्ति बढाउन सक्दैन । नजिकको वस्तुलाई लेन्सले फोकस गर्न नसक्दा त्यो धमिलो देखिन्छ । यो कुनै रोग नभई सबै मानिसमा हुने स्वभाविक शारीरिक प्रक्रिया हो । यो समस्यालाई चिकित्सा भाषामा प्रेस बायोपिया भनिन्छ, जसको शाब्दिक अर्थ हुन्छ-फोकस बदल्न नसक्ने । यसको समाधानको लागि चश्मा वा कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुपर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!