विज्ञानविज्ञान जिज्ञासा

ज्वालामुखी आउन लागेको कसरी थाहा पाइन्छ ?

पृथ्वीको बाहिरी सतह क्रस्टमा सो सतहभन्दा तलबाट तातो म्याग्मा, ज्वालामुखीको खरानी र ग्यासहरू निस्किनुलाई ज्वालामुखी भनिन्छ । ज्वालामुखीहरू साधारणतया टेक्टोनिक प्लेटहरू उठेको तथा खाल्डो परेको स्थानमा पाइन्छन् । ज्वालामुखी फुट्नु अघि ज्वालमुअी पहाडले थुप्रै सङ्केतहरु दिएको हुन्छ । जस्तो कि ज्वालामुखी फुट्नुअघि स-साना भूकम्पका धक्काहरु आउँनु, ज्वालमुखी पहाडको मुख सामान्यभन्दा ठूलो अथवा फुकेको हुनु र त्यसको मुखबाट धेरै ताप र वाफ निस्कनु आदि ज्वालामुखी आउँछ कि आउँदैन भनेर थाहा पाउने सबैभन्दा महत्वपूर्ण तीन सङ्केतहरु हुन् ।

ज्वालामुखी पहाडको मुख कति फुलेको छ भन्ने थाहा पाउन राडार उपग्रहहरुका प्रयोग गरी पहिले खिचिएका र अहिले खिचिएका तस्बिरहरुलाइृ दाँजिन्छ । सक्रिय ज्वालामुखीको अध्ययन गर्दा ज्वालामुखी विशेषज्ञहरुले अत्याधुनिक तथा जटिल उपकरण र प्रविधिहरुको प्रयोग गर्दछन् । पानीको तापक्रम तथा पी.एच. नापिन्छ, कुन प्रकारले जमिन फाटेको छ, ग्याँस र ताप कति निस्किएको छ अध्ययन गरिन्छ । तब मात्र वैज्ञानिकहरुले ज्वालामुखी फुट्न लागेको हो/होइन भन्ने कुराको निक्र्यौल गर्दछन् । प्रायजसो ज्वालामुखीहरुले फुट्न लागेको सङ्केत केही हप्ता वा महिना अगाडि नै दिन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!