राष्ट्रिय समाचारसमाचार

नेपाली भू-उपग्रहले डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

१० वैशाख, ललितपुर। नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपालीस्याट-१ ले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । वैशाख ५ गते बिहीवार बिहान २:३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पठाइएको उक्त भू-उपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थितअन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रविधि संकायका प्रमुख डा. रवीन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् 

नेपाली भू-उपग्रह पुग्यो अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपणका तस्वीरहरु

नेपाली भू-उपग्रह राखेको रकेट प्रक्षेपण गर्नुअघिका तस्वीरहरु

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

उक्त भू-उपग्रह अन्तरिक्षयान पृथ्वीको सतहबाट ४०० किमीको उचाइमा रही अन्तर्राष्ट्रिय
अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको छ । नाष्टले सूचना प्रवाहका लागि निर्माण गर्न लागेको ग्राउन्ड स्टेशनका साथै जापानको ग्राउन्ड स्टेशनबाट संयुक्त रुपमा यस भू-उपग्रहले अबको करीब डेढ महीनापछि स्वतन्त्र रुपमा अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नेछ । सो भू-उपग्रहबाट प्राप्त तस्वीर वा अन्य तथ्याङ्क व्यावसायिक प्रयोजनका लागि योग्य हुने छैनन् । नाष्टले यो प्रविधि नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको हो ।

Like & Follow us on Facebook

जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्सालाई उक्त तीन साना भू-उपग्रह निर्माणका लागि नमूना तथा सम्पूर्ण परिश्रण गर्न लगाइएको बताइएको छ । नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि १५ दिनभित्र आवश्यक सामग्री पाएमा त्यसको दुईदेखि तीन दिनभित्र सूचना प्रवाह गर्न सक्नेछ । सो भू-उपग्रहले एक पटकमा पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टको ग्राउण्ड स्टेशनमा दुईदेखि तीन कम्प्युटर जडान गरी सूचना प्रवाह गरिने योजना छ । सो भू-उपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । भू-उपग्रहको आयु ३ महीनादेखि ३ वर्षसम्मको हुने बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!