ज्योतिषशास्त्र

जित्नकै लागि जन्मिएका हुन् यी ३ राशीहरु ! प्रत्येक क्षेत्रमा हुन्छ उनीहरुकै राज

यी ३ राशीहरु जित्नकै लागि हुन् जन्मिएका ! प्रत्येक क्षेत्रमा हुन्छ उनीहरुकै राज ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँ अनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो । पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

यो पनि पढ्नुहोस्

ज्योतिषशास्त्रमा राशी भनेको के हो ?

सफलता प्राप्त गर्न कुन राशीका मानिसले के पेशा गर्ने ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

कुन बार जन्मिएका मानिसले कति धन कमाउछन् ?

कुन राशिका प्रेमी प्रेमिकाको कस्तो हुन्छ स्वभाव

हरेक व्यक्तिको सफलताको कारक भनेको नै ग्रह र राशी हो । हिन्दु धर्ममा विश्वास गर्ने जो कोहीले आफ्नो राशीलाई विश्वास गर्ने गर्छन् । व्यक्तिको सफलता भाग्यसँग मात्रै जोडिएको नभएर दृढ संकल्प, आत्मविश्वाससँग पनि जोडिने गर्छ । जन्मकुण्डलीमा वृहस्पति, मंगल र शनि शुभ स्थितीमा हुने व्यक्तिलाई जहिले पनि जित मात्रै प्राप्त हुने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । हेरौँ यी राशीहरु कुन-कुन हुन त ।

१. मेष

मेष राशी हुने व्यक्तिहरु अद्भूत क्षमताको धनि हुने गर्छन् । तेज दिमाग भएको आत्माविश्वासमा पनि अन्य राशी भन्दा अगाडी रहेका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा रहेकाले ती व्यक्तिहरुले धेरै क्षेत्रबाट सफलता प्राप्त गर्ने गर्छन् । उनीहरु हदै सम्मको दुख गर्न पनि पछि हट्दैनन् । त्यसकारण हरेक क्षेत्रमा उनीहरुको जित हुन्छ ।

Like & Follow us on Facebook

२. धनु

धनु राशीलाई क्रान्तिकारी राशी पनि भनिन्छ । यो राशी भएका व्यक्तिहरु जीवनमा छुट्टै किसिमको अनुशासन अपनाउने गर्छन् । उनीहरुमा बल मात्रै नभएर एकीकृत गर्नमा पनि खप्पिस हुने गर्छन् । उनीहरु आफुमा आएको हरेक दुखलाई चिर्दै जित हाँसिल गर्नमा अग्रसर रहेका हुन्छन् ।

३. मकर

मकर राशी भएका व्यक्तिहरु हरेक प्रकारको प्रतिष्ठित सम्मान, धन वैभव मिल्ने गर्छ । हरेक सफलता आफ्नै प्रयासमा हात पर्न सक्ने प्रभावशाली हुन्छन् ।अन्य व्यक्तिलाई छिट्टै प्रभाव पार्न सक्ने क्षमता भएका यी व्यक्तिहरु सफलता पाउनको लागि जस्तोसुकै दुख र कष्ट गर्न पनि तयार हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!