ज्योतिषशास्त्र

ज्योतिषशास्त्र अनुसार यस्ता मानिसले सुन लगाउनै हुदैन

सुन बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ । सुन एउटा यस्तो धातु हो जुन निकै महँगो र महत्वपूर्ण रुपमा लिईन्छ । पहिले पहिले सुन भनेपछि निकै महत्वपूर्ण गहनाको रुपमा हेरिन्थ्यो । आजभोलि पनि यसको महत्व उस्तै छ । पार्टी, विवाहदेखि विभिन्न काम कार्यमा शुभ कार्यमा गहनाको रुपमा लगाउने गरिन्छ । ज्योतिषशास्त्रका अनुसार सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभावका कारण हामीमाथि प्रत्येक धातुले आफ्नै किसिमको प्रभाव पार्छ । ज्योतिषीहरुले सुन लगाएर ग्रहलाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन् । यदी तपाई आफ्नो जीवन सजाउन चाहनुहुन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानी राख्नुहोस् ।

१. ज्योतिषशास्त्र अनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ ।

२. यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्र अनुसार यसलाई शुभ मानिन्छ ।

३. तर गर्भवती र वृद्धा महिलाले सुनका गर-गहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ ।

४. सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ ।

५. खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ ।

६. घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ ।

७. सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ ।

८. फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ ।

९. यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ । सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ ।

१०. कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

हस्तरेखा विज्ञान अनुसार भाग्यमानी व्यक्तिको हातका औंला हुन्छन् यस्ता

शास्त्र अनुसार शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ?

धर्मशास्त्र अनुसार यी हुन् सुत्नै नहुने समय, जानी राखौ

शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?

जन्मदा शरीरमा भएका चिन्हहरुको शुभ र अशुभ फल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!