ज्योतिषशास्त्र

सफलता प्राप्त गर्न कुन राशीका मानिसले के पेशा गर्ने ?

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँ अनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो । पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

ज्योतिषशास्त्र अनुसार आफ्नो राशी अनुसार पनि कुन कामले फाइदा बेफाइदा हुन्छ भन्ने कुरा बताउन सकिन्छ । कसैलाई जागिर फाप्ने हुन्छ त कसैलाई व्यापार फाप्दछ । त्यसैले आफलेु राशी अनुसारको काम गरेमा कोही पनि असफल हुदैनन् । यदि तपाई पनि आफ्नो कामबाट घाटा भएर चिन्तामा हुनुहुन्छ भने आफ्नो राशी अनुसार यी काम गर्नुस् । सफलता प्राप्त गर्न कुन राशीका मानिसले के पेशा गर्ने भन्ने कुरा तल प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस्

ज्योतिषशास्त्रमा राशी भनेको के हो ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

कुन बार जन्मिएका मानिसले कति धन कमाउछन् ?

कुन राशिका प्रेमी प्रेमिकाको कस्तो हुन्छ स्वभाव

मेष राशि

मेष राशी हुनेहरुको लागि प्रहरी वा सेनाको जागरिमा सफलता मिल्नेछ । त्यसका साथै इन्जिनियरिङ, वकिल, सवारी चालक, प्रविधि सम्बन्धी र व्यवसायमा पनि राम्रै हुनेछ किनभने यसको स्वामी मंगल हो ।

वृष राशि

वृष राशी हुनेहरुको लागी कलकारिता ,संगीत, कृषि र व्यवसाय सफलता मिल्नेछ । साथै सजावट, डेरीतिर पनि राम्रै हुनेछ । यसको स्वामी शुक्र हो ।

मिथुन राशि

यो राशी हुनेहरुको लागि शिक्षा सम्बन्धी काम गरेमा सफलता मिल्नेछ । त्यसैले लेखक, इन्जिनियर, अध्यापक, सम्वाददाता र व्यवसायमा पनि राम्रो हुनेछ । यसको स्वामी बुध ग्रह हो ।

कर्कट राशि

यो राशीहरुको लागी जल र काँच सम्बन्धी काममा सफलता मिल्नेछ । त्यसैले कर्कट राशी भएका व्यक्तिहरुले जडीबुटीको व्यवसाय,किराना व्यापार, विज्ञानका क्षेत्रका कामहरु, शिक्षक र सामाजिक कार्यकर्ताको काम गर्दा लाभदायक हुन्छ किनभने यस राशीको मालिक चन्द्रमा हो ।

सिंह राशि

सिंह राशीको स्वामी सूर्य भएकाले यो राशीलाई वन अधिकारी, राजदुत, पाइलट, भवन निमार्ण लगायतका क्षेत्रमा लाभदायक हुनेछ । तर यो राशीलाई यी वाहेक अन्य काममा समेत राम्रै हुनेछ । साथै यस राशिका व्यक्तिहरुलाई पैतृक सम्पति पनि मिल्नेछ ।

कन्या राशि

कन्या राशीको स्वामी बुध ग्रह भएकाले शिक्षक, संस्थाको सचिव, रेडियो टिभीको प्रस्तोता, सम्पादक, अन्वेषक जस्ता कामहरुमा सफलता मिल्नेछ । विशेषत कन्या राशी भएकाहरुको लागी व्यवसाय भन्दा जागिरमै बढी सफलता मिल्नेछ ।

तुला राशि

तुला राशी हुनेहरुको लागी न्यायधीस, परामर्शदाता ,कानुन सम्बन्धी काम ,कलकारिता ,सामाजिक कार्यकता काममा सफलता मिल्नेछ । साथै होटल, मेकअप आर्टिस्ट, फोटोग्राफरको काममा समेत राम्रै हुनेछ । यो राशीको स्वामी शुक्र ग्रह हो ।

Like & Follow us on Facebook

वृश्चिक राशि

यो राशीको स्वामी मंगल भएकाले मेष राशी जस्तै काम गरे हुन्छ । जसमा चिकित्सक, वकिल, प्रहरी वा सेनाको जागिरमा सफलता मिल्नेछ । त्यस्तै ठेकेदार, सवारी साधन चलाउने र धुम्रपान र मद्यपान सम्बन्धी व्यवसायमा पनि राम्रै हुनेछ ।

धनु राशि

धनु राशी हुने व्यक्तिहरुको कुण्डलीको स्वामी वृहस्पति हो । त्यसैले यस राशी भएका व्यक्तिहरुलाई सम्पादक, शिक्षा विभाग, लेखन, वकालत, प्रशासन, शिक्षक र कानुन सम्बन्धी काम गर्दा राम्रो हुन्छ । साथै व्यवसायमा पनि राम्रै हुने योग रहेको छ ।

मकर राशि

यो राशीहरुको कुण्डली शनि ग्रह भएकाले समाजसेवी, चिकित्सक, नर्स, जेलर, संगीतकार र कृषि जस्ता काममा सफलता मिल्नेछ । साथै बिमा विभाग, ठकेदारीमा पनि राम्रै हुनेछ ।

कुम्भ राशि

यो राशीहरुको लागी शिक्षण, विज्ञान क्षेत्रको काम, ज्योतिषि, इन्जिनियर र चिकित्सकीय काममा पनि राम्रो हुनेछ । यसको पनि कुण्डली शनि ग्रह नै हो ।

मिन राशि

मिन राशीको स्वामी वृहस्पति भएकाले लेखन, संपादन, अध्यापन, पशुपालन, कृषि, कलाकारिता जस्ता कार्यमा सफलता मिल्नेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!