खानपान

भुलेर पनि यी मिक्स गरेर खानु नहुने फलफूलहरू

फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् । फलफूलको सेवन स्वास्थ्यको लागि राम्रो हुन्छ, यो हरेक व्यक्तिलाई थाहा भएको कुरा हो । तर केही यस्ता फलफूलहरू पनि छन् जसलाई मिक्स गरेर खाँदा फाइदा हैन नोक्सान हुन्छ । भुलेर पनि यी मिक्स गरेर खानु नहुने फलफूलहरू निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

सस्तो तर स्वास्थ्यबर्धक खानाहरु

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

काँचो खाना खाँदा सोचौं

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

१. सुन्तला र गाँजर

हुनत बजारमा सुन्तला र गाँजरको मिक्स जुस सजिलै उपलब्ध हुन्छ । यसलाई धेरै मानिसले मन पनि पराउँछन् । तर यो मिक्स हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसको प्रयोग गर्दा शुरु शुरुमा छाती पोल्ने समस्या हुन्छ र पित्तको अधिकता पनि हुन्छ । यसले किड्नीलाई पनि हानी गर्न सक्छ ।

२. अम्बा र केरा

अम्बा र केरा यी दुवै फलले ग्याँस र अम्लरक्तता बढाउने काम गर्छ । जसलाई एकसाथ सेवन गर्दा केही अजिब खालको भारीपन, अरुचि महसुस हुन्छ र टाउकोे दुख्ने महसुस हुन्छ ।

३. दूध र भूई कटहर

दूध र भूईं कटहरलाई एकसाथ मिक्स नगर्नु र यी दुवै चीज एकसाथ खान पनि नखानु । यसमा ब्रोमेलिनको उपस्थितिले शरीरमा नशा या आलसीपन ल्याउँछ । ग्याँस, टाउको दुखाई, पेटको दुखाई, इन्फेक्शन या डायरिया पनि हुन सक्छ ।

४. निबू र मेवा

यदि तपाईं स्वादको लागि मेवामा निबू निचोरेर खानु हुन्छ भने यसले तपाईंलाई एनिमियाको बिमारी बनाउन पनि सक्छ । यसले हेमोग्लोबिन सम्बन्धी समस्या पनि पैदा गर्न सक्छ । कुनै पनि हालतमा यसको प्रयोग नगर्नुस् । विशेष गरी बच्चाको लागि यो अझ हानिकारक हुन सक्छ ।

५. दूध र सुन्तला

यदि तपाई दूधबाट तयार गरिएको आहार या दूधको साथमा सुन्तला जूसको सेवन गर्नु हुन्छ भने सावधान हुनुस् किनभने यो खतरनाक हुन सक्छ । यी दुईको मिश्रणले पाचनमा समस्या गर्छ ।

Like & Follow us on Facebook

६. फल र तरकारी

फलफूल र तरकारी एक साथमा सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ । फलफूलमा शर्कराको मात्रा अधिक हुन्छ । तर तरकारीमा यस्तो हुँदैन । दुवैलाई एकैसाथ सेवन गर्दा फल जुन छिटो पच्छ । तर सब्जी पच्नलाई समय लाग्छ जसको कारणले पेटमा समस्या उत्पन्न हुन सक्छ ।

७. केरा र खीर

यो मिश्रणले पेटमा भारीपन ल्याउँछ । दिमागको सक्रियतालाई कम गर्नुको साथमा विषालु तत्वको निर्माण गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!