खानपानहेल्थ टिप्स

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

फलफूल तथा तरकारीहरुलाई लेउ, झ्याउ, ढुसी, किरा, जंगली घाँस र किटाणुहरुको संक्रमणबाट बचाउनको लागि यसमा कीटनाषक औषधिहरू छर्केने गरिन्छ । यी विषादिहरू शरीरभित्र गई मुटु, कलेजो, फोक्सो, मृगौला, आन्द्राभूँडी जस्ता कोमल अंगहरू ड्यामेज गर्ने कारकतत्व बन्दछन् । यसरी हालिएका विषादीहरुलाई ठिकसँग निस्तेज गर्न नसक्दा ज्यानसम्म जाने गरेको घटना यदाकदा सुन्ने गरेका छौ । आधुनिक कृषिको अभ्याससँगै फलफूल तथा तरकारीमा विषादी हाल्ने चलन हवात्त बढेको हो । यसैगरी तरकारी तथा फलफूहरुलाई चाडै पकाउन र आकर्षक देखाउन पनि विभिन्न किसिमका रासायनिक पदार्थहरु पनि हाल्ने गरिन्छ । यसरी अन्धधुन्द हालिएका विषादिहरूका कारणले आज हरकोहि ब्यक्ति यसको शिकार बन्दै गईरहेका छन् । फलतः आज मानव स्वास्थ्य झन विकराल बन्दै छ । यस परिपेक्षमा तपाई हामी सबै सचेत हुन आवश्यक छ । फलफूल तथा तरकारीमा हालिएको विषलाई निष्तेज नगर्ने हो भने यसले हाम्रो स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउदछ । विषादिको कारणले उत्पन्न हुने गम्भिर स्वास्थ्य समस्याबाट बच्न निम्न लिखित विधिहरूद्वारा फलफूल तथा तरकारीलाई विषमुक्त पार्न सकिन्छ ।

उपाय नं- १

सिधेनुन (Rock Salt) र पानीको घोलमा डुबाउने

विषादि हालिएको फलफूल तथा तरकारीलाई सिधेनुन र पानीको घोलमा २०-२५ मीनेट डुबाउँदा ९७% विषादीलाई निस्तेज पार्न सकिन्छ । सिधेनुनलाई पाहाडि नुन वा भोटेनुन पनि भनिन्छ । यो नुन खानीबाट निकाल्ने गरिन्छ । सिधेनुन द्वारा फलफूल तथा तरकारी लाई विषमुक्त गर्नका लागि एयटा ठूलो भाडाँमा तरकारी डूब्ने गरी पानी लिएर पानीको २% सिधेनुन हाली घोल्नुपर्दछ । अब यो घोलमा विषादी हटाउनुपर्ने फलफूल तथा तरकारी हाली २०-२५ मीनेट जति छोडी दिनुहोस् । सिधेनुनले विस्तारै विषादिलाई निस्तेज पारिदिन्छ । २५ मिनेटपछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् । यसरी धोएको फलफुल तरकारी ९७% विषादी एवं किटनासकरहित हुन्छ । सिधेनुन नभए साधारण नुनपा-नीमा पनि डुबाउन सकिन्छ ।

उपाय नं.-२

साधारण नुन (Common Salt) र पानीको घोलमा डुबाउने

समुन्द्रबाट निकालिएको नुनलाई साधारण नुन भनिन्छ । यो नुन हाम्रो भान्सामा प्रयोग गरिने नुन हो । नुन द्वारा फलफूल तथा तरकारी लाई विषमुक्त गर्न उपाय नं.-१ मा जस्तै एयटा ठूलो भाडाँमा तरकारी डूबाउन सक्ने जति २% नुन हाली घोल्न बनाउनुहोस । अब यो घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारीलाई २०-२५ मीनेट डूबायर छोडी दिनुहोस् । २५ मीनेटपछि फलफूल तथा तरकारीलाई निकालेर धाराको पानीले मजाले धुनुहोस् ।

उपाय नं.-३

खाने सोडाको (Baking Soda) घोलमा डुबाउने

एउटा ठुलो भाडामा साग सब्जी र फलफूल डुबाउन मिल्ने जति पानी हालेर त्यसमा २५ खाने सोडा (वेकिड्ड पाउडर/सोडियम वाईकार्बोनेट) हाल्नुहोस् । अब यस घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा तरकारी हालेर त्यसलाई २०-३० मिनेटका लागि छाडी दिनुहोस् । खाने सोडाको घोलले फलफूल तथा तरकारीमा भएको विषलाई निस्तेज गरिदिन्छ । यस पछि पुनः धाराको पानीले मजाले धुनुहोस् र प्रयोगमा ल्यानुहोस् ।

उपाय नं.-४

अमिलो वा भिनेगरको प्रयोग

एक गिलास पानीमा आधाकप ह्वाईट भिनेगर वा अमिलो मिलाएर बनाएको घोलमा विषमुक्त गर्नुपर्ने फलफूल तथा सब्जीलाई एक-एक गरि डूबाइ यसै मिश्रणले मिचिमिचि धोयर १० मीनेट त्यतिकै छोडी दिनुहोस् । १० मीनेटपछि धाराको पानीले सफा संग धोएर प्रयोगमा ल्याउनुहोस् ।

उपाय नं.-५

बेसार र तातो पानीको प्रयोग

एक लिटर तातो पानीमा ५-६ चम्चा शुद्ध बेसार हालेर त्यसमा केहीबेर फलफूल तथा तरकारीलाई डुबाई राख्ने र केही समय पछि सोही बेसार पानीले मिचिमिचि धुने । तत पश्चातः पुन धाराको पानीले धुनुहोस् । यसो गर्दा तरकारी विषमुक्त हुन्छ ।

उपाय नं.-६

तातो पानीको प्रयोग

तातो पानीमा फलफूल तथा तरकारीलाई धुदा फलफूल चम्काउन प्रयोग गरिने मैनको पत्र (Wac Coat) हटाउन र केही विषादीहरु छुटाउन सकिन्छ ।

उपाय नं- ७

बोक्रा निकालेर खाने गरौ

यसो त फलफूल तथा तरकारीको बोक्रा हाम्रो शरीरको लागि अत्यन्त पौष्टिक तथा स्वस्थकर हो तर आजकल फलफूल तथा तरकारीमा भरमार विषादी एवं कीटनाषक हालिएको हुनाले बोक्रा छिलेर खादा ९०% विषको प्रभावबाट बच्न सकिन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

घरको छतमा तरकारी खेती गर्ने तरिका

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!