स्वास्थ्य

प्राकृतिक चिकित्साका अनुसार रोगका कारणहरु

प्राकृतिक चिकित्सामा रोगको मुख्य कारण भनेको शरीरमा जीवनी शक्तिको कमी हो । जीवनी शक्ति Vitality को कमी भएमा शरीरमा विजातिय द्रव्यको संकलन ज्यादा हुने गर्दछ । विजातिय द्रव्यको संकलनको कारणले शरीरमा यी द्रव्यहरु कुपित भई विभिन्न प्रकारका दोष उत्पन्न गराउँदछ ।  चिकित्सा विज्ञानमा सबै रोगहरुलाई विभाजन गरिएको पाइन्छ ।

(क) संक्रामक रोग (Invective Disease)

(ख) क्षयात्मक रोग(Degenerative Disease)

(ग) वर्धनात्मक रोग (Proliferation Disease)

यी तीनै प्रकारका रोगहरुको जननमा विजातिय द्रव्यको मुख्य भूमिका हुन्छ । विजातिय द्रव्यको शरीरमा संकलन भएपछि विजातिय वातावरणमा रोगकारक किटाणुहरु आकृष्ट हुन गई संक्रामक रोगहरु फैलने गर्दछ । विजातिय द्रव्यहरु संकलनको कारणले यी द्रव्यहरुले शरीरका कोमल अंगहरुको क्षय (Degeneration गराउने हुँदा क्षयकारक रोगहरु लाग्ने गर्दछ । त्यसै गरी बर्द्धनात्मक रोगहरु पनि शरीरमा विजातिय तत्वहरुको संकलनको कारणले नै शरीरमा सूचारु रुपले भइरहेको Program Cell Death प्रभावित भई कोषहरुको वृद्धि अनियन्त्रित भई वर्धनात्मक (Proliferation) रोग लाग्दछ ।

सामान्यतया: शरीरले विजातिय द्रव्यहरुको निष्कासन प्राकृतिक रुपमा नै गरिरहेको हुन्छ । तर पुरै शरीरमा अथवा शरीरको कुनै भागमा जीवनी शक्ति कम भएमा शरीरको द्रव्यहरुको निष्कासन सुचारु हुन नसके विजातिय पदार्थ अध्याधिक रुपमा संकलित हुन पुग्दछ । विजातिय द्रव्यको संकलनले ३ वटा कार्य गर्दछ ।

१. किटाणुहरुको विजातिय द्रव्यमा आकर्षण र विजातिय वातावरणमाा किटाणुहरु फैलिन गई संक्रमक रोगहरुको प्रादुभाव हुनु ।

संक्रमण फैलिन भन्दा पूर्व यो विजातिय द्रव्यहरु कुपित भई शरीरमा विभिन्न प्रकारको दोषहरु उत्पन्न गराउँदछ । यो दोषलाई समन गर्ने शरीरले ज्वरो, खोकी, रुघा, मर्कि, पखालो उल्टी जस्ता तीव्र प्रतिक्रियाद्वारा बाहिर फ्याँक्ने काम गरिरहेको हुन्छ तर यी प्रतिक्रियाहरु माथिको दमन वा विजातिय पदार्थहरुको अनियन्त्रित उत्पादन संकलन आदिको कारणले तिव्र प्रक्रियाद्वारा रोग नियन्त्रण असफल भई रोग जीर्ण भई असाध्य जटिल हुँदै जाने गर्दछ ।

२. शरीरका कोष तन्तु र अंगहरुको क्षय

विजातिय पदार्थको संकलनकै कारणले विजातिय द्रव्यहरु कुपित भई शारीरिक दोष उत्पन्न गराउँदछ । यो दोषको विषक्ताताको कारणले शरीरका दोष प्रभावित कोषहरु तन्तुहरु र अंगहरु मर्ने गर्दछ ।

३. शरीरका कोष तन्दु र अंगहरुको अनियन्त्रित वृद्धि

विजातिय द्रव्यको संकलनका कारणले नै शरीरको आन्तरिक वातावरण खल्बलिन पुग्दछ । यसरी आन्तरिक वातावरण खल्ल हुँदा शरीरमा भइरहेको Regeneration / Program Cell Death खल्बलिन पुग्दछ र कोषहरुको अनियन्त्रित र असवभाविक वृद्धि हुँदै गएर बर्द्धनात्मक रोग लाग्ने गर्दछ ।

विजातिय द्रव्य संकलित हुने मुख्य मुख्य कारणहरु

शरीरमा विजातिय द्रव्यको संचय हुनुको मुख्य कारण भनेको जीवनी शक्तिको कमी हो अथवा जीवनी शक्ति अथवा (Vitality) कम हुनुमा मोटामोटी निम्नलिखित कारण तत्वहरु पर्दछन् ।

१. भोजन सन्तुलित नहुनु

२. भोजनमा अम्ल र क्षारको असन्तुलन

३. विरुद्ध भोजनको सेवन

४. गरिष्ठ भोजनको सेवन

५. अनाहार वा अति आहार सेवन

६. विषातता युक्त भोजनको सेवन

७. निष्क्रिय जीवन (श्रम र विश्रामको असन्तुलन)

८. अति श्रम, सामथ्र्य भन्दा अधिक शारीरिक र मानसिक श्रम गर्नु

९. अति मैथुन

१०. अनिन्द्रा अति निन्द्रा

११. मानसिक तनाव

१२. डर चिन्ता, चन्चलता, उदासिनता

१३. तिव्र रोगहरु माथिको दमन

१४. अधारणीय वेगहरुको धारण

१५. धारणीय वेगहरुको त्याग

१६. विश्रामको कर्मी

१७. नसालु पदार्थहरुको सेवन

१८. वातावरणीय प्रदुषण

१९. शरीरको गुण धर्म र आवाजहरुको अपहिचान

२०. भावनाहरुको दमन

२१. नैतिक मूल्य र मान्यताहरुको अनावलम्बन

२२. सामाजिक सम्पर्क सम्बन्ध र समरसतालाई बुझ्न नसक्नु वा असामजिक हुनु

२३. अरुलाई वा आफुलाई कष्टकारक हुने किसिमको व्यवहार अवलम्बन गर्नु

२४. अनियन्त्रित र असंयमित विचार आइरहनु

२५. नसालु पदार्थहरुको सेवन

२६. कसै माथि वा कुनै चिज माथिको तिव्र मोह वा घृणा

२७. असिम र अपरिवित चाहनाहरु

२८. हिनता बोध

२९. स्वपरिचय, स्वधारण, स्वमार्ग अवलम्बन गर्न नसक्नु ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

नसा च्यापिने समस्या र यसको उपचार

टाउको दुख्ने समस्या र यसको उपचार

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!