स्वास्थ्य

जाडो मौसममा मानव शरीरमा लाग्न सक्ने रोगहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जाडो मौसम सुरु भएको छ । जाडो मौसममा के कस्ता रोग लाग्न सक्छन् भन्ने जानकारी हुन आवश्यक छ । जाडोमा स्वास-प्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु बढी हुने गरेको पाइन्छ । त्यसको एउटा कारण चाहि उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो ।

जाडो महिनामा प्राय: स्वास-प्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नुपर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो ।

तर आजको लेखमा भने जाडो मौसममा हाम्रो शरीरमा देखिने समस्या र बिरामीले ध्यान पुर्‍याउनुपर्ने विषयमा केन्द्रित हुनेछौं । चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ ।

आउनुस् चिसोले के कस्तो समस्या निम्ताउन सक्छ जानौं

१. चिसो मौसममा हुने छातीको संक्रमण

चिसो मौसममा हुने सामान्य रुघाखोकीदेखि छातीमा देखिने गम्भीर किसिमको संक्रमणबारे समयमै ध्यान दिन सकेमा यसले गर्ने असरहरु कम गर्न सकिन्छ।

२. चिसो मौसममा हुने नाक, कान र घाँटीका समस्या

चिसोमा प्रायः माथिल्लो श्वासप्रश्वासको संक्रमण र कानमा समस्या देखिन सक्छ । चिसो मौसममा आफूलाई सकेसम्म न्यानो राख्ने र सानो समस्यालाई पनि चिकित्सकको सल्लाह बमोजिम उपचार गराउन सके यी स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

३. जाडो मौसममा देखिने जोर्नीका समस्या

जाडो मौसममा जोर्नी दुख्ने; फुल्ने; सुन्निने समस्या प्रसस्त देखिन्छ । जोर्नी सम्बन्धी दीर्घरोग भएका बिरामीले जाडोमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिसो मौसममा न्यानो गरी बस्न नसके जोर्नीको दुखाइ बढ्ने गर्छ ।

४. चिसोमा मुटु सम्बन्धी रोग

चिसो मौसममा मानव शरीरका धमनीहरु खुम्चिने प्रक्रियामा हुन्छन्। त्यसो हुँदा रगतनली साघुँरो हुने, रगत प्रर्याप्त मात्रामा शरीरका अंगमा नपुग्ने अवस्था आउन सक्छ।

५.चिसो मौसममा गर्मीमा भन्दा उच्च रक्तचाप, रक्तस्राव, हृदयघातका बिरामीको संख्या बढ्ने गर्छ । त्यसैले जाडो याममा बिहान हिँड्नु लाभदायक नहुन सक्छ ।

६. पिसाब अनि मिर्गौला सम्बन्धी समस्या

चिसोमा प्रायः मानिस कम पानी पिउने गर्छ्न् । कम पानी पिउने बानीले पिसाबमा संक्रमण हुने, पत्थरी हुने र मिर्गौला खराब हुन सक्ने सम्भावना पनि रहन्छ । त्यसैले चिसो मौसममा पनि पानी पिउने बानी बसाल्नुपर्छ ।

७. छाला सम्बन्धी समस्या

चिसोमा छाला सुक्खा हुने, फुट्ने समस्या देखिन्छ । छालालाई नरम बनाइराख्न छालामा विभिन्न मोस्चराइजिङ क्रिम प्रयोग गर्न सकिन्छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

जाडो समयमा शरीर किन काम्छ ?

जाडोमा घाममा बस्नुका फाइदाहरु के के हुन् ?

जाडो मौसममा खाने खानेकुराहरु

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!