स्वास्थ्य

रोग लाग्नुका कारणहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो । रोग लाग्नुको प्रमुख कारण भनेको शरीर कमजोर हुनुलाई प्रमुख मानिएको छ । हाम्रो शरीरलाई आवश्यक क्यालोरी पुरा हुनुपर्छ । जब हामीले खाना खान्छौं त्यति बेला हामीले नचपाई खाना खान्छौं भने यसले पाचनक्रिया खराब हुन थाल्दछ ।

यो पनि पढ्नुहोस् 

रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिकाहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

नाडीद्वारा रोगको परीक्षण

टाउको दुखाईबाट पत्ता लाग्न सक्ने रोगहरू

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

खाना नचपाई खाएको खाना पचाउन हाम्रो शरीरभित्र रहेको एनर्जी खर्च हुने हुनाले चपाएर खाने बानी बसालौं । स्वास्थ्य धन हो भने सबैलाई थाहा छ तर लापरबाही खाना रोगको घर हो । बोलेर, टेलिभिजन हेरेर, खाना खादा र खाने बेलामा बढी पानी पिएमा यसले पाचनक्रिया समाप्त हुनाले ग्यास्ट्रिक रोग लाग्नाले कालान्तरमा ग्यास्ट्रिक बिग्रन गई पेटको अल्सर हुने खतरा बढ्न थाल्नेछ ।

कृतिम भिटामिन रोगको जड हो । यदि हामीले आवश्यक क्यालोरी फलफूल, साग सब्जीबाट प्राप्त गर्न सकेमा मानिसको आयु बढ्नुको साथै रोग लाग्नबाट समेत बच्नेछन् । नेपालीको आयु कम हुनु र चाडो बुढो हुनुमा खानपानमा पौष्टिक खानाको अभावलाई मानिएको छ । रक्सीको सेवन बढी गर्दा यसले स्नायु नसालाई क्षति गर्दछ । त्यही बस्तुलाई स्केलमा खान जानेमा डिप्रेसन, मानसिक रोग जस्ता समस्या हल हुन थाल्दछ ।

Like & Follow us on Facebook

नेपालीले खान जान्दैनन् भन्नुको प्रमुख कारण यही हो । कुनै पनि शरीरलाई हामीले युज गर्दैनौं भने त्यसले फाइदा होइन बेफाइदा गर्दछ । शरीर स्वास्थ्य रहन व्यायाम आवश्यक छ । खाना खान्छौं तर आराम बढी गर्छौं भने बोसोको मात्रा बढ्न गई अनेक रोगको चपेटामा पर्नेछौं ।

डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!