चिकित्सा विज्ञानस्वास्थ्य

नीम (Azadirachta Indica) र यसको प्रयोग

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


आयुर्वेदमा निमलाई पहिलो श्रेणीको औषधि मानेको छ । स्वादमा तितो गुण भएको निमको उपयोग थुप्रै रोगहरूमा गर्न सकिन्छ । निमको पात, बोक्रा, फल र तेल सवै प्रयोगमा आएको पाइन्छ । निम एउटा भएपनि यसको गुण धेरै हुनाले आज निम प्राय: लोपोन्मुख हुने अवस्थामा पुग्न थालेको छ । नेपालमा निमको दतिवन गर्ने पर्चलन धेरै पहिलेदेखि थियो । निमको दतिवन नियमित गर्ने व्यक्तिले यदि सर्पले कसैलाई टोक्छ भने पनि जहरले समेत चाँडो असर गर्दैन भनेको छ ।

निमको बोक्राको प्रयोग गर्नाले छाला सम्बन्धि रोगमा र मलेरियामा राम्रो फाइदा गर्दछ । निमको पातमा बैक्टीरियासंग लड्ने गुण हुनाले डण्डीफोर, लुतो लगायत सवै खालको छाला सम्बन्धि रोगमा राम्रो फाइदा हुने देखिन्छ । निमको महत्व बारेमा धेरैलाई थाहा नभएकोले यसको प्रयोग हामीले कमै मात्रामा गर्ने गर्छौ । निमको पत्ता तितो हुन्छ यसलाई हामीले औषधिको रुपमा प्रयोग गर्न सक्छौं । निमको प्रयोग कहाँ र कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी मानिसलाई कम हुने भएकोले यसको प्रयोग कम भएको हो । यसको उपयोग थाहा पाउदा स्वास्थ्यलाई निकै फाइदा हुन सक्छ ।

यो पनि पढ्नुहोस्  

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

आईपड सि भी-२०० (Cefpodoxime Proxetil and Potassium Calavulante Tablet) को प्रयोग

सुपर सि भि ६२५ Amoxicillin and Clavulanate Potassium Tablets को प्रयोग

एन्टीकोल्ड ट्याब्लेट (Anti-Cold Tablet) साइनेक्स (Sinex) र यसको प्रयोग

क्यालसियम डोविसिलेट (डोबिक्याल) Calcium Dobesilate (Dobical) र यसको प्रयोग

निमको उपयोग धेरै पहिलेदेखी नै दांतको सफाई गर्न गरिदै आएको छ । दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन । लुतो आयको बेला निमको तेल, बेसार र फिट्करी सबैलाई मिस्रण गरी लगाउनाले जस्तो सुकै छालाको रोग निको हुन्छ । निमको पात, फल र बोक्राबाट होम्योपैथीक कम्पनीले (Azadirachta Indica Q) मदर टिङ्चर बनाएर ल्याएको छ । यसको प्रयोग छाला सम्बन्धि रोग, ज्वोरो, मलेरिया ज्वरो, कुष्ट रोग आदिमा यो औषधिले राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

मात्रा : ५,१० थोपा औषधि थोरै पानीमा मिलाएर ठिक नहुदासम्म प्रयोग गर्न सकिन्छ । तर कतिपय अवस्थामा भने ६,७ दिन भन्दा बढी नदिने भनेको छ ।

नोट : स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या समाधानका लागि निम उपयोग गर्दै हुनुहुन्छ भने एक पटक आयुर्वेदिक र होम्योपैथीक चिकित्सकसँग परामर्श अवश्य लिनुहोला ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!