राजनीतिलेखहरु

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा । यस्तो पाराले नेपालमा के विकास होला त ? जहाँ भ्रष्टाचार मौलाएको छ । अहिले नेपाललाई सवैभन्दा बढी भ्रष्टाचार भएको देश घोषणा गरिरहँदा यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ । चाहे उपचारको नाममा होस वा गाडी खरिद गर्न होस वा विमान खरिद गर्न किन नहोस कहिन कहि भ्रष्टाचार हुदै गरेको खबर सामाजिक संजालमा बाहिर आउने गरेको छ ।

जनताको चाहना भन्दा धेरै माथि उठेर जे काम भइरहेको छ, यो सवै स्वार्थबश भएको देखिन्छ । आमुल परिवर्तन गर्छौं भन्दैमा परिवर्तन हुनेवाला छैन यसका लागी पहिले आफ्नो सोचलाई परिवर्तन गर्न सक्नुपर्छ । विकास पैसा बाडेर हुने होइन यो त कमजोर सोचको उपज हो । विकास गर्न सरकार नै उद्योगमा लाग्न सक्नुपर्छ ।

आज विकासले ठूलो फड्को मार्नुपर्ने बेलामा भ्रष्टाचार मौलाएको छ । महंगी नियन्त्रण गर्दै विकासमा सबैको ध्यान जान सके परिवर्तन अहिले पनि सम्भव छ । गफ हाक्दैमा परिवर्तन यहाँ हुनेवाला केहि छैन । आज विकासतर्फ कसैको ध्यान नपुगेको देखिन्छ । जुन देशमा स्वार्थ हावी हुन थाल्छ त्यहाँ स्वार्थको जग बलियो पकड हुदै जानेछ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

काम त्यति वेला सफल हुन सक्छ जतिवेला सामाजिक सोच र विचार आफुमा हावी हुन थाल्दछ । जसले म भन्ने घमण्ड गर्छ उसले समाजको हितमा होइन आफ्नो स्वार्थ पुरा गर्नेछ । म पहिले नेपाली हुं, मेरो दायित्व भनेको राष्ट्र हितमा केहि गर्नुपर्छ र पब्लिक यो राष्ट्रका सर्बोपरी हुन पब्लिकले चाहेमा हिजो राजसंस्था फालेका थिए भने भोली लोकतन्त्र फाल्न सक्नेछन् भन्ने भावनाले ओतप्रोत भएको व्यक्तिबाट मात्र यो आशा गर्न सकिन्छ ।

आज स्वार्थमा डुवेकाहरूसंग हामीले जे सोचेका थियौँ यो पुग्ला भन्नु वेकार छ । आज स्वार्थमा डुबेका केहि व्यक्तिहरु पहिला आफ्नो आर्थिक बलियो होस् भन्ने विचार बोकेको देखिन्छन् भन्ने कुरा आज नेपालमा दिन प्रतिदिन भ्रष्टाचार मौलाएको हेर्दा राष्ट्र र जनताको हितमा भन्दा केहि कमाउने उद्देश्य बोकेको छर्लंग हुदैछ ।

जबसम्म हामीमा स्वार्थ मै खाउ मै लगाउ भन्ने भावना रहन्छ तबसम्म केहि नहुने देखिन थालेको छ । गलतलाई गलत भन्न नसक्नु नै देशको विकासमा तगारो बनेको छ । यो कुरा हरेक नेपालीले बुझ्नुपर्ने समय आएको छ । जब हामीले कुर्सीमा बस्छौं वा बस्न पुग्छौं त्यति बेला सपथ खाँदा म नेपाली हु मेरो प्रमुख दायित्व भनेको राष्ट्रप्रति वफादार रहेर देश र जनताको लागी केहि गर्नेछु म मेरो धर्म संस्कृतिको रक्षा गर्नेछु भनेर कसम खादैनन् तबसम्म कसैले पनि सामाजिक हितमा केहि गर्ने छैनन् ।

Like & Follow us on Facebook

मानिसमा डर कानुनको र धर्म संस्कृतिको हुनुपर्छ तर नेपालमा न कानुनको डर छ नत धर्म संस्कृतिको डर छ जब केहिको पनि डर नभएको मानिस त्यो स्थानमा पुग्छ उ केवल आफुलाई सर्वोपरी ठान्दछ । गलतमाथि गलत काम गर्दै जान थाल्दछ । न दल बेठिक थियो नत राजसंस्था नै बेठिक, बेठिक त त्यस भित्र बस्ने खराब आचरणका व्यक्ति हुन भन्ने कुरा वर्तमान नेपालको अवस्थाले देखाएको छ । नेपालमा जबसम्म लोकतन्त्रमा खराब व्यक्तिहरू पुग्छन् यो सिलसिला रहने देखिन्छ ।

यस्तो नहोस भन्ने चाहना भएमा धर्म निरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुको साथै सेना, प्रहरी र कानुनलाई राजनीतिबाट पृथक राखी सम्पुर्ण अधिकार दिन सकेमा मात्र देशमा आमुल परिवर्तन सम्भावना छ। जबसम्म एकाधिकारतन्त्र राष्ट्रमा रहन्छ तब प्रतिकारको रूपमा अर्को समुह खडा हुदै जान थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!