चिकित्सा विज्ञान

हृदयघात (Heart Attack) को बारेमा जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हृदयघात अर्थात मुटुको कुनै पनि धमनीहरूमा अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्ने हुन सक्छ । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ भने साना-साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिलेकाँही मानिसलाई थाहा नहुन पनि सक्छ।

कहिलेकाहीँ ठूलो धमनीमा अवरोध भएमा छातीको वीच वा देब्रेतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिटचिट पसिना आउँछ, वाक-वाक लाग्ने र बेहोस पनि हुन सक्छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमा नै नियन्त्रणमा राख्न सकेमा हृदयघात कम हुनसक्छ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

मुटु रोगको प्राकृतिक उपचार

व्यायाम र बिश्राम ब्यस्थापनद्वारा मुटु रोगको उपचार

औषधि र अपरेशन बिनै मुटु रोगको उपचार

यसरी गर्नुहोस् मुटुको हेरचाह

यदि यस्तो लक्षण देखा परेमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिनु जरूरी छ। अधिकाशं मानिसहरु यसलाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघात पनि हुनसक्छ। हृदयघात भइसकेपछि उपचार सहज हुँदैन। देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ किनकी पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ ।

Like & Follow us on Facebook

तसर्थ वयस्कहरुले कमसेकम एक पटक आफ्नो मुटुको परीक्षण गर्नु अति आवश्यक छ। मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ किनकी हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन। तर यसका कारक तत्वहरु मात्र थाहा छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!