जीवन-दर्शनधर्म-सस्कृति

तुलसीको बारेमा केहि जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तुलसीको बारेमा केहि जानकारी । होइन हो जनताको लागि घरेलु औषधिबारे कम्मर कसेर बताउने र सिकाउने प्रयास लामो समयदेखि गर्दै आएका छौं । तर हाम्रा थुप्रै पाठकहरूले फाइदा उठाउनु भएको जस्तो लाग्छ । तर प्रतिक्रिया कसैले देखाउनु भएको छैन । कतै नपढि लाइक र कमेन्ट ठोक्नु भएको भए यसो नगरौ जान्ने प्रयत्न गरौं कतै भोली यसको आवश्यक हुन सक्छ ।

तपाईको लाइक र कमेन्टले हामीलाई होइन तपाईलाई नै फाइदा हुनेछ । आज एकजना भाईले तुलसी सफरमा लिएर हिड्ने गरौं ताकी यसमा भएको अक्सिजनले मानिसको जीउ बचाउन सक्छ भनेर भन्नुभयो हो साथीहरू तुलसीको सम्बन्ध मर्ने बेलामा पानीमा राखेर दिने गरेको पाइन्छ ।

यसको कारण पनि प्राण वायु अक्सिजन नै दिएको हो ताकी उ नबाचेपनि सजिलोसंग प्राण त्याग्न सकोस भन्ने उद्धेश्य राखेको हुन्छ । तुलसीमा एउटा घुलनशील तैल हुन्छ जसको प्रभावले किटाणु नस्ट हुनुको साथै बिबिध रोगको आक्रमणबाट बचाउन सक्नेछ ।

तुलसीको बारेमा मैले जानकारी दिदै आएको छु । मानसिक टेन्सनको कारणले निद्रा नपरेको भए ७ वटा तुलसी टिपेर सिरानमुनि राख्नाले राम्रो निन्द्रा पार्नुको साथै प्रशस्त अक्सिजन पुग्नाले आनन्दको निद्रा पैदा गराउदछ । दम खोकीका रोगीले यसको सेवन गर्न सके राम्रो फाइदा हुन्छ ।

हरेक घरमा यो रोप्ने चलन छ यसो गर्नाले घरमा मलेरिया प्रवेश गर्दैन र दम खोकी रहदैन भनेको छ । आज धर्म-संस्कृतिले मानिसलाई खोलेर केहि नभने पनि मानवको लागि अनगिन्ती बस्तुहरू रोप्न सल्लाह दिएको छ ती सवै बस्तु मानवको लागि महत्वपूर्ण सावित भएको छ ।

कसैले तुलसी घरमा रोप्नु भएको भए २०/२५ वटा पातलाई थिचेर गरम दुधमा राखेर विहान खाली पेट र साझ सुत्ने बेलामा एकदेखि दुई चम्चा मह राखेर केहि दिन सेवन गर्नुस दमको रोगमा राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको अर्थ

तुलसी र यसको प्रयोग

तुलसी र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!