घरेलु उपचारचिकित्सा विज्ञान

घरेलु औषधिबाट कलेजोको रोगको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शरीरको महत्वपूर्ण अंग भनेको कलेजो हो । पाचन रस बनाउन यस्को राम्रो भुमिका रहेको छ । हामीले खाने गरेका खराब बस्तुलाई फाल्ने काम कलेजोले गर्दछ । आज मानिसहरूको खाना जंग फूड, जाँड, रक्सी, सुर्ती, चुरोट जस्ता बस्तु सेवन गर्नाले कलेजो लिभर खराब हुने गरेको छ । आज Cirrhosis of Liver Disease रोग धेरैलाई लागेको देखिन्छ । यस्ता रोगको उपचार एलोपैथिकमा थुप्रै भएपनि कहिलेकाहीँ आयुर्वेदिक जडिबुटीबाट गराउनाले राम्रो फाइदा हुन सक्ने देखिन्छ । हाम्रो वरिपरि कतिपय औषधि त्यसै खेर गएको अवस्था छ ।

यो पनि पढ्नुहोस्

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

कलेजोको घरेलु औषधिबाट उपचार

१. अमलामा भिटामिन सी को स्रोत राम्रो भएकाले लिभरलाई प्रोटेक्ट गर्ने गुण अमलामा हुनाले कलेजो सम्मबन्धी रोगमा राम्रो फाइदा पुराउद छ । अमलालाई ताजै या अचारको रूपमा पनि सेवन गराउन सकिन्छ ।

२. जेठी मधु या मुलेठी आयर्वेदमा धेरै पहिले देखि प्रयोग हुदै आयको छ । जेठी मधुले एन्जाएमको असरलाई हटाउन राम्रो भुमिका निभाउने काम गर्दछ । मुलेठी जेठी मधुलाई राम्रो संग पिसेर पाउडर बनाएर गरम पानीमा राखेर खाने । राम्रो फाइदा गर्दछ ।

३. गुडची हाम्रो बगैंचामा लगाउन सकिने जडिबुटी अन्तर्गत पर्दछ । लिभरको समस्यामा यो औषधिले राम्रो फाइदा गर्दछ । लिभरमा फैलिन सक्ने पोइजनलाई हटाउने काम यस्ले गर्दछ ।

Like & Follow us on Facebook

४. हलेदो वेसारले आवस्यक एंटी-आक्सीडेंट पुराएर लिभरलाई राम्रो फाइदा गर्दछ । वेसारमा एंटीवायरल गुण भएकाले हेपेटाइटिस बी र सीको वायरस रोक्ने काम गर्दछ । प्रयोग गर्ने तरिका : १/२ चमच जती दूधमा राखेर खान दिने २ पटक ।

५. फ्लैक्ससीड (आलसको वीउ) को प्रयोग गर्नाले पनि लिभरलाई फाइदा गर्दछ । खाने तरिका : सलादको रूपमा खान सकिन्छ ।

६. केहि साग सब्जिको निएमित सेवन गराउनाले लिभरलाई राम्रो फाइदा गर्दछ । साग सब्जिमा पाइने विषेश तत्वले लीवरमा महत्वपूर्ण एंजाइम बढ़ाउने भुमिका खेल्दछ । हाम्रो खानामा चुकंदर, पत्तागोभी, गाजर,प्याज,लहसुन जस्ता सब्जि नियमित प्रयोग गर्नाले राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!