घरेलु उपचारहेल्थ टिप्स

नरिवल र यसको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नरिवल स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ । स्वास्थ्यका दृष्टिले नरिवलका विभिन्न फाइदाहरु छन् । आज हामी तपाईलाई ती फाइदाका बारेमा जानकारी दिदैछौँ । हामीले खाने हरेक बस्तु स्वास्थ्यलाईं राम्रो फाइदा हुन सक्छ तर यस्ता बस्तुको प्रयोग के कस्ता रोगमा फाइदा हुन सक्छ भन्ने जानकारी सबैलाई हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा पनि प्रयोग हुदै आएको छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ । विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन प्रमप्रा देखि चल्दै आएको छ ।

स्वास्थ्यका लागी नरिवल भन्दा नरिवल भित्रको पानी बढी महत्वपुर्ण मानिएको छ । गर्मी याममा नरिवलको पानी पिउनाले गर्मी फाल्ने काम गर्दछ । पिसाब पोल्ने समस्या देखिएको खण्डमा पनि नरिवलको पानी सेवन गर्नाले राम्रो फाइदा गर्दछ । नरिवलको पानीको अर्को फाइदा रगत बढाउन पनि महत्वपूर्ण औषधि मानिएको छ ।

Like & Follow us on Facebook

नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने र बनाएको खरानी सिसाको भाडोमा राख्ने यो औषधि १/२ चमत पाउडर १-१ ग्लास दहीमा फिटेर बिहान बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ । तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा अल्काई रोग ठिक हुन्छ भनेको छ । नरिवलको तेल नियमित बालमा लगाउनाले बाल बढाउन र कालो बनाउन समेत महत्वपूर्ण छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!