धर्म-सस्कृति

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

गायत्री मन्त्र हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो । हिन्दु धर्मका प्राय: सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् तर सबै मन्त्रहरुमध्ये गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिदै आएको छ । गायत्री मन्त्रको प्रभाव हुनको लागि गायत्री मन्त्र जप गर्नैपर्छ भन्ने छैन यसलाई सुन्दा मात्र पनि मन्त्रको असर मानिसको जिवनमा पर्ने जर्मनका बैज्ञानिकहरु बताउँदछन् । गायत्री मन्त्रको विश्वासका साथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ भन्ने विश्वास रहेको छ । गायत्री मन्त्रले सिधै मानिसको शारिरक र मानसिक स्वास्थमा प्रभाव पार्दछ । यो एक यस्तो मन्त्र हो, जो हिन्दु धर्ममा आस्था राख्ने मात्र होइन अरु सबै धर्मावलम्बीले पनि जप गर्न सक्छन् । यसको जप गर्नुसँग केही शारीरिक, मानसिक लाभ पनि छ ।

यो पनि पढ्नुहोस्  

गायत्री मन्त्र जप्दा स्वास्थ्यमा हुने फाइदाहरु

गायत्री मन्त्रको अर्थ र महत्व

जनै धारण गर्नाका ९ फाइदाहरू

जनैलाई कानमा सिउरिनुको बैज्ञानिक कारण के ?

वैदिक हिन्दु धर्मावलम्बीले टुप्पी किन राख्छन ?

१. वेदको कुल संख्या चार छ । चार वेदमा गायत्री मन्त्रको उल्लेख गरिएको छ । यस मन्त्रका ऋषि विश्वभित्र हुन् र देवता सवितृ हुन् ।

२. यस मन्त्रमा यति शक्ति छ कि, नियमित तीन पटक जप गर्दा व्यक्तिको आसपास नकारात्मक शक्ति हट्नेछ ।

३. गायत्री मन्त्रको जपबाट केही किसिमको लाभ मिल्छ । यो मन्त्रले भन्छ, ‘उस प्राणस्वरुप, दुःखनाशक, सुखस्वरुप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरुप परमात्मालाई हामी अन्तःकरणमा धरण गरौं’ । त्यो परात्माले हाम्रो बुद्धिलाई सद्मार्गमा प्रेरित गर्छ ।

४. यस मन्त्रको जपबाट बौद्धिक क्षमता र मेधा शक्ति अर्थात स्मरण क्षमता बढ्छ । यसले व्यक्तिको मस्तिष्कलाई तेज बनाउँछ र दुःखबाट छुटकारा दिलाउँछ ।

५. गायत्री मन्त्रको जप सूर्योदयदेखि दुई घन्टा अघिदेखि सूर्यास्थको एक घण्टापछिसम्म गर्न सकिन्छ ।

६. मौन मानसिक जव कुनैपनि बेलागर्न सकिन्छ तर रात्रिमा यस मन्त्रको जप गर्नु हुँदैन ।

Like & Follow us on Facebook

७. रातमा गायत्री मन्त्रको जप लाभकारी हुँदैन । बरु यसको गलत नतिजा हात पर्न सक्छ ।

८. गायत्री मन्त्रमा चौबीस अक्षर हुन्छ । यो चौबीस अक्षर चौबीस शक्ति-सिद्धियोको प्रतिक हो । यही कारण हो कि ऋषिहरुले गायत्री मन्त्रलाई भौतिक जगतमा सबै प्कारको मनोकामना पूर्ण गर्ने मन्त्र बनाए ।

९. आर्थिक कुरामा कुनै दुःख वा समस्या आउनसाथ गायत्री मन्त्रको जप गर्नुपर्छ । मनको वेचैनी हराउँछ ।

१०. विद्यार्थीका लागि यो मन्त्र एकदमै लाभदायक हुन्छ । स्वामी विवेकानन्दले भनेका थिए कि, गायत्री सद्बुद्धिका मन्त्र हो । यसले उनले यस मन्त्रलाई मुकुटमणि भनेका थिए ।

११. नियमित रुपले १०८ पटक गायत्री मन्त्र जप गर्दा बुद्धि प्रखर र कुनै पनि कुरा लामो समय स्मरण गरिने क्षमता बढ्छ । यो मन्त्रले व्यक्तिको बुद्धि र विवेक निखार्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!