धर्म-सस्कृतिहेल्थ टिप्स

गायत्री मन्त्र जप्दा स्वास्थ्यमा हुने फाइदाहरु

Gopal Bhandari
गोपाल भण्डारी

गायत्री मन्त्र हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो । हिन्दु धर्मका प्राय: सबै मन्त्रहरु शक्तिशाली मानिन्छन् तर सबै मन्त्रहरुमध्ये गायत्री मन्त्रलाई वेदको सर्वश्रेष्ठ मन्त्रको रुपमा मानिदै आएको छ । गायत्री मन्त्रको प्रभाव हुनको लागि गायत्री मन्त्र जप गर्नैपर्छ भन्ने छैन यसलाई सुन्दा मात्र पनि मन्त्रको असर मानिसको जिवनमा पर्ने जर्मनका बैज्ञानिकहरु बताउँदछन् । गायत्री मन्त्रको विश्वासका साथ जप गर्दा हर किसिमको समस्याबाट छुटकारा मिल्न सक्दछ भन्ने विश्वास रहेको छ । गायत्री मन्त्रले सिधै मानिसको शारिरक र मानसिक स्वास्थमा प्रभाव पार्दछ ।

१. तनाव भगाउँछ, दिमागलाई शान्त राख्दछ

यदि कोहि तनावबाट ग्रसित छ भने उसको लागि सबैभन्दा उत्तम उपाय भनेको गायत्री मन्त्र नै हो। यसको जप गर्नाले दिमागमा शान्ति मिल्दछ। साथै यसको निरन्तर जप गर्नाले यसले हुनसक्ने तनावबाट समेत जोगाउँछ । भनिन्छ जव मानिस गायत्री मन्त्रको पाठ गर्दछ मानिसमा अनेक प्रकारको संवेदनाहरु यस मन्त्रबाट आउँने गर्दछन् र सो संवेदनाले मानिसको मष्तिष्कमा प्रभाव पार्दछ । यस मन्त्रलाई पाठ गर्नाले अध्ययन गर्दै गरेका बच्चाहरुमा एकाग्रता र सिक्ने क्षमतामा पनि राम्रो प्रभाव पार्दछ । यस मन्त्रको उच्चारणबाट शरिरमा पोजेटिभ इनर्जी उत्पन्न् हुन्छ ।

२. मुटुलाई स्वस्थ राख्दछ भने छालामा चमक ल्याउँदछ

गायत्री मन्त्रको जप गर्दा यसले फोक्सो मात्र नभई मुटुलाई समेत स्वस्थ राख्दछ । ब्रिटिश मेडकल जर्नलको अनुसार गायत्री मन्त्र जप गर्नाले श्वास लिने गति कम हुन्छ जसले गर्दा मुटुको गति पनि नियन्त्रित हुन पुग्दछ र मुटुलाई फाईदा पुग्न जान्छ । यसको साथ-साथै यस मन्त्रको जप गर्नाले छालामा चमक आउँदछ । यो मन्त्र जप गर्दा अनुहारको छालामा ब्लड सर्कुलेशन राम्रोसंग हुन पुग्दछ । जसले गर्दा छालामा भएको विषाक्त पदार्थ बाहिर निस्किन्छ र छालामा चमक आउँदछ । गायत्री उपासना जहिले पनि र जस्तो अवस्थामा पनि गर्न सकिन्छ । हर समय यो लाभदायक हुन्छ ।

३. श्वास सम्बन्धि रोगबाट छुटकारा मिल्दछ

गायत्री मन्त्रको उच्चारणले श्वास प्रकृया राम्रोसंग हुने गर्दछ । यस मन्त्रलाई निरन्तर जप गर्नाले फोक्सोको कार्य क्षमतामा बृद्धि हुन्छ भने शरिरमा अक्सिजनको प्रावह पनि बढ्छ । यसको अलावा यो मन्त्रलाई जप गर्दा लामो र गहिरो श्वास लिदै छोड्दै गर्ने गर्नुपर्दछ । यसो गर्नाले फोक्सोलाई आराम मिल्दछ भने श्वासप्रश्वास सम्वन्धित रोगलाई नियन्त्रणमा राख्दछ । दमको रोगिहरुको लागि यसो गर्नाले फाईदा मिल्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!