विज्ञान जिज्ञासा

गाडीमा यात्रा गर्दा बान्ता किन आउछ ?

गाडीमा यात्रा गर्दा बान्ता आउछ ? कोहिकोहि मानिसलाई बसमा यात्रा गर्दा बन्ता वा उल्टी आउने समस्याले हैरान पारेको हुन्छ । बसमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा असहज हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । दिमाग र शरीरबीच तालमेल नहुँदा मोसन सिकनेस हुन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ । मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ । जब कान, आँखा र शरीरले गति अथवा चहलपहल सम्बन्धी सूचनालाई विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ । हाम्रो शरीर गतिमा छ भने भित्री कान (लेबिरिन्थ) ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ ।

हाम्रो कानभित्र तीनवटा अर्धवृत्ताकार नलीहरू हुन्छन् । ती नलीहरू सामान्यतया एक आपसमा समकोण परेर बसेका हुन्छन्, जुन चालसित सम्बन्धित हुन्छन् र चालको सूचना यिनै नली मार्फत मस्तिष्कको भेस्टिबुलर न्युक्लियसमा पुग्दछ । केही-कोही मानिसहरूमा ज्यादै नै संवेदनशील भेस्टिबुलर स्नायूहरू हुन्छन् । त्यस्ता मानिसहरू लगातार कुनै चलिरहेको गाडीमा बस्दा उनीहरूको मस्तिष्कको भेस्टिबुलर न्युक्लियस नजिकै भेगस न्युक्लिइ भन्ने स्नायुकेन्द्र पर्दछ । भेगस स्नायु उत्तेजित हुँदा सामान्यतया वाकवाकी लाग्ने र वान्ता हुने गर्दछ ।

सामान्य केही कुरामा ध्यान दिए यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । यात्रा गर्दा गाडीमा टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने लगायत हुनेगर्छ । यात्रा गर्नुअघि पेटभरि खानु हुँदैन । खाली पेट पनि यात्रा गर्नु हुन्न ।चिल्लो, पिरो, मसला कम भएको खाना खानुपर्छ । यस्तो खाना पच्न समय लाग्छ । जसले गर्दा यात्रामा समस्या आउँछ । कारमा यात्रा गर्दा अगाडि सिटमा बस्दा ठीक हुन्छ । यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न । यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ । यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ । यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ । यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ । मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

गायक गायिकाको स्वर सुरिलो हुने कारणहरु

पुरुषको घाँटीमा मात्र रुद्रघण्टी किन हुन्छ ?

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!