मुख्य समाचार

बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले बनाए गाडी

काठमाडौं, ९ फागुन । बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले बनाए गाडी ! बाग्लुङ्गका १८ बर्षिया कक्षा १२ मा अध्ययनरत यूवक भिम सुनारले ‘ओशियन’ नामको गाडी बनाएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटीमण्डपमा यूवक सुनारले एक महिना समय लगाएर बनाएको गाडी सार्वजनिक गरेका हुन्। उक्त गाडीको बाहिरी काठले ढाकिएको छ ।
उनले आफ्नो सीप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन्। उनले यस अघि १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनीमा डोजर बनाएर प्रदर्शन गरेको थिए भने त्यसपछि रोवर्ट र हेलिकप्टर बनाएका थिए । अहिले उनले ओशियन नामको चार पाँग्रे गाडी निमार्ण गरेका हुन् ।
उनले उक्त गाडी ८० हजार लगानीमा बनाएका हुन् भने ३ लाख खर्च गर्दा एकदमै राम्रो गाडी बनाउन सकिने बताएका छन् । राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ तर यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प नरहने बताएका छन् ।

पत्रकारले मेशिनको निमार्ण कसरी गर्नुभयो नी भनेर सोधेको प्रश्नको जवाफमा उनले लगानीको अभावमा यतिखेर यो गाडीमा बाईकको ईन्जिन राखेको बताए । आफ्नो कनसेप्ट ब्याट्रीबाट चल्ने गाडी बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडीको स्ट्रिङ मैले आफै बनाएको बताए ।

राज्यले हामीलाई नहेरेपनि आफ्नै लगानीमा आफ्नो सीपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लागेको बताए । आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारी काट्ने मेसिन बनाउने बताउछन्।

नेपाल सरकार, बिज्ञान तथा प्रबिधी मन्त्रालय, नास्ट, कृषि विकास मन्त्रालय, नार्क, किसान आयोग आदिले भीम सुनार जस्ता प्रतिभा भएका युवाहरुलाई व्यापक रुपमा खोज-तलास गरी तत्काल कुनै अनुसन्धान तथा बिकास गर्ने सस्था अन्तर्गत खोज, अध्ययन तथा अनुसन्धान गर्ने रकम उपलब्ध तथा व्यक्तिगत रुपमा सहयोग गरी संरक्षण गनैपर्छ । यस्ता प्रतिभा नत्रभने प्रतिभा पलयान भएर देशले ठुलो घाटा बेहर्नुको बिकल्प छैन।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!