मुख्य समाचारराष्ट्रिय समाचार

नेपाल मै गाडी बनाउने भीम सुनारले के के बनाए र बनाउन सक्छन त ?

बाग्लुङका १८ बर्षिया कक्षा १२ मा अध्ययनरत यूवक भिम सुनारले ‘ओशियन’ नामको गाडी बनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको कार्यालय भृकुटीमण्डपमा युवा सुनारले एक महिना समय लगाएर बनाएको गाडी सार्वजनिक गरेका हुन् । उक्त गाडीको बाहिरी काठले ढाकिएको छ ।

उनले आफ्नो सीप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन् । उनले यस अघि १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनीमा डोजर बनाएर प्रदर्शन गरेको थिए भने त्यसपछि रोवर्ट र हेलिकप्टर बनाएका थिए । अहिले उनले ओशियन नामको चार पाँग्रे गाडी निमार्ण गरेका हुन् ।

युवा भीम सुनारले के के बनाए ?

१. डोजर

२. रोवर्ट

३. हेलिकप्टर

४. ‘ओशियन’ नामक गाडी

५. सानो पानी जहाँज

आफ्नो कनसेप्ट ब्याट्रीबाट चल्ने गाडी बनाउने हो, लगानी भयो भने सबै आफैले निमार्ण गर्नसक्छु, यो गाडीको स्ट्रिङ मैले आफै बनाएको बताए । आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारी काट्ने मेसिन बनाउने बताउछन्।

युवा भीम सुनारले के के बनाउन सक्छन त ?

१. ब्याट्रीबाट चल्ने गाडी

२. धान काट्ने मेसिन

३. गहुँ, कोदो, भटमास मसुरी ठटाउने मेसिन

४. खेतको आली काट्ने मेसिन

५. तरकारी काट्ने मेसिन

६. बालुवा चाल्ने मेसिन

७. भुई सफा गर्ने मेसिन

नेपाल सरकार, बिज्ञान तथा प्रबिधी मन्त्रालय, नास्ट, कृषि विकास मन्त्रालय, नार्क, किसान आयोग आदिले भीम सुनार जस्ता प्रतिभा भएका युवाहरुलाई व्यापक रुपमा खोज-तलास गरी तत्काल कुनै अनुसन्धान तथा बिकास गर्ने सस्था अन्तर्गत खोज, अध्ययन तथा अनुसन्धान गर्ने रकम उपलब्ध तथा व्यक्तिगत रुपमा सहयोग गरी संरक्षण गनैपर्छ । यस्ता प्रतिभा नत्रभने प्रतिभा पलयान भएर देशले ठुलो घाटा बेहर्नुको बिकल्प छैन।

यो पनि पढ्नुहोस्  

बाग्लुङ्गका १८ बर्षिया भिम सुनारले बनाए गाडी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!