मुख्य समाचार

नासाले भेट्टायो पृथ्वी जस्तै ७ वटा ग्रहहरु

एजेन्सी ।  बिहिवार, फाल्गुण १२, २०७३ । नासाले भेट्टायो पृथ्वी जस्तै ७ वटा ग्रहहरु ! अन्तरिक सम्बन्धी खोज तथा अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले पृथ्वी जस्तै अन्य ७ वटा नयाँ ग्रहहरु पत्ता लगाएको छ । फागुन ११ गते नासा मुख्यालय वासिङ्टनमा पत्रकार सम्मेलन गरेर नासाले नयाँ खोज सार्वजनिक गरेको हो । नासाले सार्वजनिक गरेको नयाँ खोज अनुसार पृथ्वीभन्दा ४० प्रकाश वर्ष टाढा पृथ्वी जस्तै ७ वटा ग्रह भेटिएका हुन ।

नासाले पृथ्वीको आकारको ७ वटा ग्रहहरु ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमण्डलको खोजीमा ठुलो सफलता हासिल गरेको छ । यस सौर्यमण्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो । यसमध्ये ३ वटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटर मार्फत जानकारी गराएको छ । ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ ।

नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ । वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी ७ ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब २००० गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!