खानपान

केराउ र चना खानुका फाइदाहरु

हामीले दैनिक जीवनमा केराउ र चना गेडगुडी तरकारी अथवा दालको रूपमा खान्छौ । सामान्यतया: बिहान, दिउसो खाजाको रुपमा केराउ र चना पनि खाने गरिन्छ । तर केराउ र चना खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । चना र केराउ खाँदा हुने फाइदाहरु यस प्रकार छन् ।

१. तौल घटाउँछ

चना तथा केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । चना तथा केराउले लामो समय सम्म ढाडस दिइरहन्छ । चना तथा केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ ।

२. शक्ति वढाउँछ

चना तथा केराउको प्रयोगले शक्ति बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि बढ्छ ।

३. चिनीको सन्तुलन

चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्दछ ।

४. महिलाको हर्मोनलाई नियमित बनाउँछ

महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ । हर्मोनको नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

५. रक्तअल्पताको हेरचाह

चना तथा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।

६. रक्तचाप नियमित बनाउँछ

केराउ तथा चनाको प्रयोगले उच्च रक्तचापलाई केही कम गर्छ । केराउ चनाको प्रयोगले रक्तचापलाई नियमित बनाउँछ ।

७. अपच हुने समस्या हुँदैन

चना तथा केराउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

८. मुटु स्वस्थ बनाउँछ

चना तथा केराउको प्रयोगले स्वस्थ मुटु बनाउनको लागि अहम भूमिका खेल्दछ । साथै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता हट्दछन् ।

यो पनि पढनुहोस्

चना र यसका फाइदाहरू

स्याउ र यसको फाइदाहरु

सुन्तला खानुका फाइदाहरु 

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

नट्सहरु खानुका फाइदाहरु 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!