हेल्थ टिप्स

भर्खर सिकेको कुनै पनि नयाँ कुरा स्मरण गर्न यसो गर्नुहोस्

आफूले सिकेको कुनै पनि नयाँ कुरा स्मरण गर्न ४ घण्टापछि व्यायाम गर्नुहोस् । सन् २०१६ जुलाईमा ‘करेन्ट बायोलजी’मा प्रकाशित एउटा अध्ययनका अनुसन्धानकर्ताहरूले दिएको सुझाव हो यो । उनीहरूले अध्ययनमा स्मरणशक्ति तेज पार्न नयाँ कुरा सिकेको ४ घण्टापछि व्यायाम गर्नु उपयुक्त हुने पत्ता लगाए । तर यसरी गरिने व्यायाम निश्चित समय सीमाभित्र गरे मात्र प्रभावकारी हुन्छ।

अध्ययनमा सहभागी ७२ जनाले स्मरणशक्ति तेज बनाउन ४० मिनेटसम्म ९० वटा तस्बिरसँग जोडेर नयाँ जानकारी लिए । त्यसपछि ती सबैलाई यान्डमली ३ समूहमा बाँडियो । एउटा समूहलाई तत्कालै व्यायाम गराउन लगाइयो, दोस्रो समूहलाई ४ घन्टापछि र तेस्रो समूहलाई कुनै व्यायाम नै गर्न लगाइएन । ३५ मिनेटको व्यायाममा फिटनेस साइकलमा ८० प्रतिशतसम्म मुटुको गति (धड्कन) बढ्ने गरी ‘इन्टर्भल ट्रेनिङ’ गराइएको थियो। यसको ४८ घन्टापछि सबै सहभागीको स्मरण शक्ति परीक्षण गरिएको थियो । उनीहरूको एमआरआई गरिरहेका बेला स्मरण शक्तिको परीक्षण गरियो । परीक्षणमा अरु दुई समूहभन्दा नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्ने समूहका सहभागीको जानकारी राम्रो रहेको पाइयो । एमआरआईले पनि ती सहभागीले सिकेका कुरा सम्झँदा मस्तिष्कको सिक्ने र स्मरण गर्ने भाग हिप्पोकेम्पस बढी सक्रिय भएको देखायो।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ जानकारी वा सिकेको कुरा दीर्घकालीन सम्झनामा राख्ने प्रक्रियामा डोपामाइन, नोराड्रेलिन र ग्रोथ फ्याक्टर बिडिएनएफ (ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर)जस्ता केही रसायन चाहिन्छ, जुन रसायन व्यायाम गर्दा हाम्रो मस्तिष्कले उत्पादन गर्छ। यो अध्ययनका आधारमा नै अध्ययनकर्ताहरूले स्मरण शक्ति तेज पार्न नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्न सुझाएका हुन् । तर यसबारे अझै धेरै अध्ययन अनुसन्धान हुन बाँकी नै छ । साथै नयाँ कुरा सिकेको ४ घन्टामा गरिने व्यायाम किन फाइदाजनक छ भन्ने पनि प्रष्ट छैन वा त्यस्तै फाइदाजनक अर्को ‘टाइम फ्रेम’ छ वा छैन पनि प्रष्ट छैन।

यो पनि पढनुहोस्

स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!