टिप्स

स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु

स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु ! मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ । असल आहार र नियमित व्यायामले स्मरणमा ठूलो भूमिका खेल्छ ।

स्वस्थ जीवनशैली स्मृतिशक्तिमा सुधार ल्याउन मद्दत गर्दछ । एकाग्रताको कमी पनि स्मरणशक्तिको बाधक तत्व हुनसक्दछ । तनावग्रस्त, अव्यवस्थित खानपान र जीवनयापनले मानव स्वास्थ्यमा शारीरिक एवं मानसिक असर पारिराखेको छ । स्मरण शक्ति बढाउने ७ सजिला उपायहरु यस प्रकार छन्।

१. बिषयलाई जोड्ने

तपाई सिकिरहनु भएको कुरालाई पुरानो कुरासंग जोड्न सिक्नुहोस् । जसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहोयाउने

कुनै चिजलाई मनमनै दोहोयाएमा त्यसलाई सम्झन सजिलो हुन्छ । साथै कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुन्छ ।

३. पढेको कुरालाई महसुस गर्ने

आफुले पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुपर्छ । यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुन्छ । पढिरहेको बेलामा ती शब्दका बारेमा सोच्न सुरु गर्ने र कल्पना गर्नुहोस् ।

४. उदाहरण दिने

मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्नसक्छ भनिन्छ । बाँकी भाग प्रयोग गर्न सक्दैन् । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । कुनै याद गर्नुपर्ने बस्तुलाई उदाहरण बनाएर याद गर्नुहोस् ।

५. नौलो तरिका अपनाउने

यदि तपाईं केही कुरा याद गर्न चाहनुहुन्छ भने नौँलो तरिका अपनाउनुहोस् । तपाईँले सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुन्छ ।

६. कार्डमा लेख्ने

तपाईले केही महत्वपूर्ण कुरा सम्झि राख्नुपर्ने छ भने त्यसलाई फ्लायस कार्डमा लेख्न सक्नुहुन्छ । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुन्छ ।

७. गाउने र स्मरण शक्ती बढाउने

कुनै कुरालाई स्मरणमा राख्न चाहनुहुन्छ भने आफ्नो मनपर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्नुहोस् । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्न सक्नुहुनेछ ।

यो पनि पढनुहोस्

भर्खर सिकेको कुनै पनि नयाँ कुरा स्मरण गर्न यसो गर्नुहोस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!