ज्योतिषशास्त्र

स्वस्तिकका यी ७ उपायहरु अपनाए बदलिन्छ भाग्य

स्वस्तिकका यी ७ उपायहरु अपनाए बदलिन्छ भाग्य । सनातन धर्ममा स्वस्तिकलाई परब्रम्हाको संज्ञा दिइन्छ । यस्तै, पुराणहरुमा धनकी देवी लक्ष्मी तथा बुद्धिका देवता भगवान गणेशको प्रतिकको रुपमा पनि स्वस्तिकलाई मानिन्छ । ‘स्वस्तिक’ शब्द संस्कृतको ‘सु’ अथात् शुभ होस् र ‘अस्ति’ अर्थात् कल्याण मिलेर बनेको हो । ज्योतिषशास्त्रमा स्वस्तिकको केही फरक–फरक प्रयोग पनि बताइएको छ, जसलाई सधै अपनाएमा धन, सौभाग्य तथा लक्ष्मीको प्राप्ति हुन्छ भने आइपरेका समस्याको पनि समाधान हुने विश्वास गरिन्छ ।

स्वस्तिकमा लेख्नुहोस् इष्टदेवको प्रतिमा

घरको पूजास्थल वा मंदिरमा स्वस्तिक बनाएर त्यसमा इष्टदेवको प्रतिमा राखेर पूजा गर्नुपर्छ । यसो गर्नाले देवता तुरुन्तै प्रसन्न भई आर्शिवाद दिने विश्वास गरिन्छ।

उल्टो स्वस्तिकबाट पूरा हुन्छ मनोकामना

यदि तपाई लामो समयदेखि इच्छा पूरा नभइरहेको अवस्थामा नजिकको मन्दिरमा गई सिन्दुरको उल्टो स्वस्तिक बनाउनुहोस्, तपाईको इच्छा चाँडै पुरा हुन्छ । र मनोकामना पुरा भएपछि त्यही स्थानमा सीधा (सुल्टो) स्वस्तिक बनाइदिनुहोस् ।

बेसारको स्वस्तिक बनाउनुहोस्

घरको उत्तर–पूर्वी दिशाको भित्तामा बेसारको स्वस्तिक बनाउनाले घरमा सुख–शान्ति आउँछ र घरमा हुने अशान्ति, कलह सकिएर जान्छ ।

स्वस्तिकमा दियो बाल्नुहोस्

घरको पूजाकोठा वा मन्दिरमा स्वस्तिक बनाएर त्यसमाथि पाँच प्रकारका अन्न राखेर दिप जलाएमा मनोकामना पुरा हुन्छ ।

बेसारको स्वस्तिकको पूजा

व्यापारमा बढोत्तरीका लागि विहिबारको दिन घरको उत्तर-पूर्वीलाई गंगाजलले सफा गरेर बेसारको स्वस्तिक बनाउनुहोस् । यस स्वस्तिकको विधिवत पूजा गरेर गुडको भोग लगाउँनुहोस् । लगातार प्रत्येका विहिवार गर्नाले व्यापार फस्टाएर जान्छ ।

घरमा समृद्धि भित्र्याउन

घरबाहिर रंगोलीमा सिन्दुर मिसाएर स्वस्तिक बनाउँनुहोस् । यसो गर्दा देवी–देवता प्रसन्न भई घरमा बास गर्छन् र घरमा बस्ने सबैलाई आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ।

निन्द्रा नआएमा

यदि राति निन्द्रा नलागेमा वा नराम्रो सपना देखियो भने घरको पूजाकोठामा औलाले स्वस्तिक बनाउनुहोस् । यसो गर्नाले तपाईलाई तुरुन्तै आराम महशुस हुन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!