धर्म-सस्कृति

यी ६ कामहरु हनुमानले मात्रै गर्न सक्थे

शिवपुराण अनुसार त्रेतायुगमा भगवान श्रीरामको सहयोग गर्न र दुष्टको नाश गर्न भगवान शिवले हनुमानको रुपमा अवतार थिएका थिए । भगवान शिवलाई मनपर्ने अवतारमध्ये एक हनुमान थियो । उत्तर काण्डमा श्रीराम स्वयमले अगस्त्य मुनिसँग भनेका थिए कि रावणलाई पराजय गर्न हनुमानले मुख्य भूमिका निभाए । त्यो समयमा केही यस्ता काम भए जुन हनुमानले मात्रै गर्न सक्थे ।

१. अंगद, जामवंतजस्ता वीरहरुले समुन्द्र पार गर्न असर्मथता जनाएका थिए । जब जामवंतले हनुमानको अद्भूत क्षमताका बारेमा बताए, सबै खुशी भएका थिए । श्रीरामको आज्ञाअनुसार हनुमानले समुन्द्रलाई पार गरेका थिए । सीताको खोजका क्रममा हनुमानले १०० योजन लामो समुन्द्र पार गरेका थिए ।

२. हनुमान लंका त पुगे, तर सीतालाई खोज्न उत्तिनै कष्टदायी थियो । त्यस कठिन घडीमा पनि उनले प्रयास जारी राखेका थिए । लंकिनीहरुसँग बच्दै उनि अन्नतः रावणको अशोक वाटिका पुगेका थिए, जहाँ सीतालाई राखिएको थियो ।

३. हनुमानले सीतालाई खोजेर भगवान श्रीरामको सन्देश सुनाए । त्यसपछि, हनुमानले अशोक वाटिकालाई तहस–नहस गरिदिए, ताकि शत्रुको शक्ति कति छ भन्ने जान्नु सकुन । लंकाका सैनिक, रावण पुत्रको वध र लंका जलाउने काम हनुमानले मात्रै गर्न सक्थे ।

४. बाल्मिकी रामायणअनुसार, रावणका पराक्रमी पुत्र इन्द्रजीतले ब्रम्हास्त्र चलाएर करोडौँ बाँदरहरुको वध गरे, जसको प्रभावका कारण राम र लक्ष्मण बेहोश भए । राम-लक्ष्मणलाई बचाउँन हनुमान संजिवनी बुटी लिन पहाड-पहाड कुदे । उनले संजिवनी बढी नचिनेपछि पहाडै बोकेर ल्याएका थिए ।

५. हनुमान वीर हुनका साथसाथै कुटनीतिक पनि जान्दथे । लंकामा सीतालाई खाज्ने क्रममा उनले ब्राम्हणको भेष धारण गरी विभीषणसँग भेटी आफ्नो पक्षमा ल्याएका थिए ।

६. लंकामा राम र रावणबीच युद्ध चलिरहेका बेला हनुमानले आफ्नो पराक्रम प्रयोग गरी धेरै राक्षसहरुलाई वध गरेका थिए ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!