शास्त्र

रामभक्त हनुमानको जीवनवाट सिक्नपर्ने ४ कुराहरु

हनुमान रामका परमभक्त हुन् । हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनलाई बजरंग बली पनि भनिन्छ किनभने उनको शरीर एक वज्रको समान थियो। दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो। ‘मंगलमूरत’को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालिएकोले बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो। रामभक्त हनुमानको पूजा होइन बरुको जीवनमा केही सिक्न खोजेको खण्डमा जीवनका धेरै समस्या पार लाग्न सक्दछन् । रामभक्त हनुमानको जीवनवाट सिक्नपर्ने ४ कुराहरु निम्न अनुसार छन् ।

१. संघर्ष क्षमता

हनुमानले जब सिताको खोजीमा समुन्द्र पार गरिरहेको थिए। उनलाई कयौं किसिमका समस्याको सामना गर्नु परेको थियो । सुरसा र सिहिंका नामका राक्षस हनुमानलाई समुन्द्र पार गर्ने बाट रोक्न चाहन्थे । तर बजरंग बली हनुमान रोकिएनन् । लंका पुगेरै छोडे । हामीलाइ पनि जीवनका कदम कदममा यस्तै समस्याको सामान गर्नुपर्ने हुन सक्छ। संघर्ष गर्नबाट नडराइनकन आफ्नो लक्ष्य तर्फबाट बढ्न हामीले हनुमानबाट सिक्नुपर्छ ।

२. चतुर्याई

हनुमानले समुन्द्र पार गर्दा सुरसासंग लडेर समय नष्ट गरेनन् । सुरसा हनुमानलाई निल्न चाहन्थी । उनले बडो चतुर्याईले पहिले आफ्नो शरिरको आकार बढाए र अचानक सानो रुप लिए। सानो रुप लिएर उनी सुरसाको मुख भित्र छिरेर बाहिर निक्लिए। हनुमानको चतुर्याई देखेर सुरसाले प्रसन्न भइ र बाटो छोडिदिइ। चतुर्याईको कला जीवनमा सधै उपयोगी हुन्छ।

३. संयमित जीवन

हनुमान आजीवन ब्रह्मचारी रहे। उनको जीनव संयमित थियो। संयमका कारण नै उनी अत्यन्त बलशाली थिए। खानपीन, रहनसहनमा संयम अपाउनाले स्वस्थ सधै राम्रो बन्छ। क्रोध, आवेश र रिसलाई संयमले जित्न सक्दा जीवन सुमुधर र सुखद रहन्छ । अहमले मान्छेले जिते पनि हार्दछ भने संयमले मानिसले जित्दै जान्छ। अर्थपुर्ण जीवन बाँच्न संयमको खाँचो पर्छ ।

४. लोक कल्याण

हनुमानको जन्मनै भगवान रामलई साथ दिन भएको थियो। राम राणवको अन्त्य गरेर तीनै लोकमा सुख र शान्ती ल्याउन चाहन्थे। हनुमानले भगवान रामलाई साथ लिए। रामको लोक कल्याणमा सदैव हनुमानको सात रह्यो। हामीले पनि लोकको हितमा लाग्ने र समाजसेवामा लाग्नेलाई सधै साथ दिनु पर्छ।

यो पनि पढ्नुहोस् 

मर्यादा पुरुषोत्तम श्रीराम

रामनवमी र यसको महत्व

रामायणको समाजशास्त्र

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!