टिप्स

पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यस्ता छन् १० कुराहरु

पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यस्ता छन् १० कुराहरु ! मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेष हुन्छ । पहिलो प्रेम भुल्न सकिँदैन भन्ने धेरैको भनाइ हुन्छ । चाहे त्यो सफल प्रेम होस वा असफल । तर यसो भन्दैमा पहिलो प्रेममा समस्या नहुने होइन । मानिसहरु पहिलो प्रेममा विछोडको पीडा भोगे पनि जीवनभर केही कुरा जान्न चाहन्छन् । पहिलो प्रेममा परेको मान्छेको विषयमा कतिपय कुरा जान्ने चाहाना सँधै हुन्छ । त्यसैले मानिसहरु पूर्व प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् । भलै फ्रेण्डलिष्टबाट हटिसकेको होस् । पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ? पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यस्ता छन् १० कुराहरु ।

१. फेसबुक

पछिल्लो समयमा फेसबुक नै मानिसहरुको गतिविधि थाहा पाउने माध्यम हो । त्यसैले केटीहरुले पूर्व प्रेमीको फेसबुक जाँच गरिरहन्छन् । प्रेमीले नयाँ फिचर चलायो कि चलाएन । उसले के गर्दैछ भन्ने कुरा फेसबुकबाटै थाहा पाउन चाहन्छन् केटीहरु ।

२. साथी र नातेदारको चिन्ता

केटीहरुलाई ब्रेकअप पछि केटाका नतेदार र साथीसँग भेट्दा के भन्ने के गर्ने भन्ने चिन्ता सँधै हुन्छ ।

३. फेसबुक स्ट्याटस

पूर्व प्रेमीले लेखेका फेसबुक स्ट्याटसलाई आफ्नै लागि लेखेको होला भन्ने सोंचेर केटीहरु दुःखी हुन्छन् । खासगरी ब्रेकअप हुने वित्तिकै यस्तो कुरा बढी हुन्छ ।

४. केटीसँग देख्दा गाह्रो

कुनै पनि केटीले ब्रेकअप पछि पनि आफ्नो प्रेमीसँग अरु केटी देख्न चाहन्ने । कुनै केटी देखेमा केटीको मनमा अनेक कुरा खेल्छन् र इर्स्या समेत जन्मिन्छ ।

५. केटीको फेसबुक

केटीहरुले आफ्नो पूर्व प्रेमीसँग कोही नजिकिएको देखे भने ती केटीको समेत फेसबुक प्रोफाइल लगायतका कुरा जाँच गर्छन् ।

६. केटीको ग्रुप

केटीहरुले प्रेमीसँग ब्रेकअप पछि उ अर्कै समूहमा केटीहरुसँग नजिकिएको जस्तो लाग्छ । पुराना साथी छोडेर नयाँ केटीसँग नजिकिएको ठान्छन् केटीहरु ।

७. दारी

केटाले दारी पालेमा पूर्व प्रेमिकालाई चित्त दुख्छ । किन दारी पालेको होला ? मेरै कारणले हो कि भन्ने उनीहरु ठान्छन् ।

८. कपडा

ब्रेकअप पछि केटीहरुलाई केटाले लगाउने कपडाको खुव ख्याल हुन्छ । नयाँ कपडा लगाएमा उनीहरु अव ब्राण्डेड लगाउन थालेछ । वा यस्तो लगाउन थालेछ भन्ने ठान्छन् ।

९. फेसबुक लाइक

ब्रेकअप पछि पूर्व प्रेमीको फेसबुकमा धेरै फेसबुक लाइक आउँदा पनि केटीलाई इर्स्या लाग्छ । यति धेरै लाइक कसले गर्योक भनेर उनीहरु हेर्छन् । लाइक गर्ने केटीको प्रोफाइल समेत चेक गर्छन् ।

१०. अव के चासो

धेरै नै चासो दिएपछि दुःखी हुँदा केटीहरुलाई लाग्छ अव मलाई उसको के चासो । अन्तिममा उनीहरु चासो नदिने भन्दै चासो दिइरहन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

विश्वका चर्चित ५ प्रेम प्रसँगहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!