टिप्स

महिलाले आफू भन्दा बढी उमेरको पुरुष खोज्ने कारणहरु

यस्ता छन् महिलाले आफू भन्दा बढी उमेरको पुरुष खोज्ने कारणहरु, जानी राखौ ! हामीले समाजमा हेर्यौंन भने अधिकाँश जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपपाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । यस्तो किन हुन्छ होला । खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । यहाँ महिलाले बढी उमेरको पुरुष खोज्ने कारणको चर्चा गरिएको छ ।

१. सुरक्षित

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

२. समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

३. दुनियाँको ज्ञान

पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

४. शान्ति महसुस्

महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिक रुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५. धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६. अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

विश्वका चर्चित ५ प्रेम प्रसँगहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!