खानपान

८५ प्रतिशत पानी पाइने लौका खानुका फाइदै फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लौकालाई शायद नचिन्ने को होला ? गर्मी महिनामा पाइने सिजनल तरकारी लौकाका फाइदाहरुबारे हामी शायद अनभिज्ञ नै छौँ । लौकामा अत्यधिक मात्रामा पानी पाइन्छ । यसमा ८५ प्रतिशत त पानी नै हुन्छ । यसमा हुने पोटासियमले हाम्रो प्रेसर कम राख्न र हाम्रो शरीरमा हुने इलेक्ट्रोलाइटलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

लौकामा भिटामिन सी, भिटामिन बी, भिटामिन के, भिटामिन ए, भिटामिन ई, फलाम, फोलेट र म्यानग्यानीज जस्ता खनिज पदार्थहरु पनि पाइन्छन् । खासमा लौका भिटामीन सीको एउटा मुख्य स्रोत नै हो । २५० ग्राम लौकाबाट २०,२५ मिलिग्राम जति भिटामीन सी प्राप्त गर्न सकिन्छ ।

लौकाको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ र मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ । यति मात्र होइन, भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ र यही जिंकले नशा बलियो बनाउने र रुघाखोकीबाट सुरक्षा दिन्छ । यसमा पाइने भिटामिन बी ले कपाल फुल्न दिँदैन ।

पचाउन एकदम नै सजिलो हुने भएकाले, गर्मी महिनाको लागि यो अत्यन्तै उपयुक्त खानेकुरा हो । लौकामा हुने फाइबरले पाचन प्रक्रिया सजिलो बनाउने भएकाले कब्जियत, पाइल्स्, पेट ढुस्स हुने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ । लौकामा हुने पानी र फाइबरले आन्द्रा सफा राख्न र पाचनमा सजिलो बनाउन सहयोग गर्छ ।

लौकाको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । लौकाको जुस बनाउन सजिलो भएकाले यसको अत्यधिक सेवनका लागि जुस बनाएर सेवन गर्न सकिन्छ । मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न पनि लौकाको जुसको प्रयोग गर्न सकिन्छ । पिसाब नलीमा संक्रमण भएका, युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।

आजकाल लौकाबारे गलत कुराहरु पनि सुन्नमा आएको छ । लौकाको नियमित सेवन गर्नाले व्लड प्रेशर कम हुन्छ खानुहुदैन । तर यो गलत हो किनभने यस्मा खराब तत्व मात्र होइन शरीरलाई चाहिने आवश्यक भिटामिन हुनाले बढी भएको ब्लड प्रेशर कम गराउछ भने कम भएकालाई लेवलमा ल्याउने काम पनि गर्दछ ।

जुस बनाउनका लागि लौका ताछ्नुहोस्, टुक्राटुक्रा बनाएर काट्नुहोस् र ब्लेण्डरमा ब्लेण्ड गर्नुहोस् । यसमा मरिच, नुन र पुदिनाको पात मिसाउनुहोस् । एक चम्चा अदुवाको रस र कागती निचोरे र थोरै रस हालेर जुस पिउनुहोस् यसवाट फाइदै फाइदा लिन सक्नुहुनेछ । हप्तामा कम्तीमा ३ पटक लौका खाने गरौं भन्ने मेरो राय छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!