खानपान

घिउ यसकारण खानुहोस्

घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । प्राचिन कालदेखि प्रयोग हुँदै आएको घिउ चिल्लोको मात्रा एकदमै ९९ दशमलव ९ प्रतिशत हुन्छ । तर, चिल्लोसँगै यो भिटामिनको पावर हाउस नै हो । यसमा दुधमा पाइने प्रोटिन, काब्रोहाइड्रेट र पानीको मात्रा भने हुँदैन । तर, यो स्वास्थ्यको लागि अति उपयोगी हुन्छ ।

१. स्वस्थ मुटुका लागि

घिउबाट प्राकृतिक रुपमा उमेगा ३ र उमेगा ९ ˆयाटी एसिड नामक पोषकतत्व पाइन्छ । यी दुबै तत्वले रक्तनलीमा जमेको कोलेस्ट्रोल हटाउन मद्दत पुग्छ । घिउमा भएका अन्य एन्टीअक्सीड्याण्टले रगतमा कोलेस्ट्रोल छ भने पनि रत्तनलीहरुमा जम्न दिदैन ।

२. मधुमेहका विरामीका लागि

भातसँग घिउ खाँदा मधुमेहको समस्या हुनेहरुको लागि यो फाइदाजनक पनि हुन्छ किनकी घिउले भातमा भएको काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन दिदैन । जसले रगतमा अचानक चिनीको मात्रा बढ्नबाट रोक्ने काम गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण त हुन्छ नै लामो समय शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

३. मजबुत हाडको लागि

घिउले क्याल्सियमलाई सही तरिकाले प्रयोग गर्न मद्दत गरी हाडलाई बलियो बनाउन सहयोग गर्छ । भिटामिन के २ ले हाड बलियो र स्वस्थ बनाउनको लागि क्याल्सियमको भन्दा बढी भूमिका खेल्ने पनि बताइन्छ । यो भिटामिनले हाडलाई मात्र नभएर दाँतलाई पनि स्वास्थ राख्ने काम गर्छ ।

४. जोर्नी स्वस्थ बनाउन

हाड जोर्नीको समस्याबाट धेरै मानिस प्रताडित छन् । जसरी चिल्लो गि्रज हालेपछि मेसिनले राम्रोसँग गरी काम गर्छ, घ्यूले पनि हाम्रो शरिरमा त्यस्तै काम गर्छ । घिउले जोर्नीहरुमा आवश्यक पर्ने चिल्लो पदार्थको मात्रा मिलाउन मद्दत गर्छ । यसले जोर्नीमा आवश्यक पर्ने लचकता पनि प्रदान गर्छ ।

५. प्रतिरक्षा प्रणाली बढाउन

घिउमा चिल्लोमा घुल्ने भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । भिटामिन ए को काम भनेको शरीरमा भएको रोगसँग लड्ने क्षमता अर्थात प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने हो । भिटामिन ए ले एण्टीअक्सीड्याण्टको पनि काम गर्छ । जसले शरीरको कोषहरु मार्ने वाहिरि तत्वहरुलाई पनि निर्मुल पार्ने काम गर्छ । घिउको यस्तै गुणले गर्दा पेट र आन्द्राको क्यान्सरको सम्भावनाबाट टाढा रहन सकिन्छ ।

६. शरीरलाई शक्ति प्रदान गर्न

खेलाडीहरुले लामो समयसम्म शक्ति प्राप्त गर्नको लागि घिउको प्रयोग गर्छन् । घ्यूमा भएको सर्ट चेन फ्याट्टी एसिड सिधै कलेजोमा गएर शक्तिमा परिणत हुने गर्छ । यसका साथै घ्यूले भिटामिन ए, भिटामिन डी, भिटामिन इ र भिटामिन के लाई पनि शरीरमा राम्रोसँग संचित गर्ने काम गर्छ । जसले गर्दा शरीरलाई शक्ति प्रदान हुन्छ ।

७. आन्द्राको रोगबाट बच्न

स्वस्थकर आन्द्राको लागि सबैभन्दा आवश्यक तत्व भनेको ब्युटाइरिक एसिड हो । यसले आन्द्राको कोषहरुमा पोषण प्रदान गर्छ र अस्वस्थ कोषलाई स्वस्थ बनाउन मद्दत पुर्याउछ । जुन एसिड घ्यूबाट प्रशस्त मात्रामा पाउन सकिन्छ ।

८. शरीरको इन्फ्लामेसन घटाउन

घिउले सुनिने समस्यालाई पनि धेरै हदसम्म कम गर्छ । जस्तो की ग्यासट्राइटिसले पेटको भित्री भाग सुन्निन्छ । घुँडा, हाड सुनिने समस्या पनि भईरहन्छ । यसलाई कम गर्नको लागि घ्यूमा भएको ब्युटाइरिक एसिडले काम गर्छ ।

९. आँखालाई स्वस्थ राख्न

घिउमा भएको भिटामिन ए ले आँखाको कोषहरुलाई स्वस्थ बनाउन सहयोग पुर्यानउँछ । यसले अन्य विभिन्न आँखा सम्वन्धी समस्यालाई पनि निको पार्ने काम गर्छ ।

१०. छालालाई चिल्लो र स्वस्थ राख्न

छालालाई स्वस्थ राख्नको लागि चिल्लो पनाको आवश्यक हुन्छ । जुन घ्यूबाट प्राप्त गर्न सकिन्छ । यसले छालामा मोइस्चराइजेसनको काम पनि गर्दछ । छाला ड्राइ भइरहेमा चाडै चाउरी पर्ने हुन्छ । घिउको नियमित सेवनले यस्ता झण्झटबाट मुक्ति पाउन सकिन्छ ।

११. भुटनमा घिउ खानुस्

घ्यूले भने अन्य तेलको तुलनामा धेरै तापक्रम झेन्न सक्छ र विग्रदैन पनि । नेपालमै पनि करिब ४०-५० वर्ष अगाडी सम्म तरकारी पकाउन घ्यूकै प्रयोग गरिन्थ्यो । यतिसम्मकी मासु पनि घिउमा पकाइन्थ्यो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको रुपमा घिउको प्रयोग

घिउ कुमारी र यसको उपयोगिता

औषधीको रुपमा घिउ कुमारीको प्रयोग

घिउकुमारीद्वारा एलर्जीको उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!